bardiyahospital

बर्दियामा अर्गानिक खाद्य सामग्री पाइने घर संसार स्टोर सञ्चालनमा

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा अर्गानिक खाद्य सामग्री पाइने घर संसार स्टोर सञ्चालनमा आएको छ । ठाकुरबाबा नगरपालिका- ३, भुरीगाउँमा अर्गानिक खाद्य सामग्री पाइने घर संसार स्टोर सञ्चालनमा आएको हो।

स्थानीय उपभोक्तालाई गुणस्तरीय तथा रैथाने अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको छ। स्टोरमा पाइने कृषिजन्य उत्पादनमा रासायनिक विषादी तथा मलको प्रयोग न्यून भएको कृषि उत्पादनलाई प्राथमिकता राखेर बिक्री-वितरण गर्ने गरिएको स्टोरकी सञ्चालक राधादेवी रिजालले जानकारी दिनुभयो ।

cld

उहाँले भन्नुभयो,  ‘घर संसार स्टोरमा हिमाल र पहाडमा उत्पादन हुने अर्गानिक बोडी, सिमी, कोदो, फापर, जौ, चिनो, कागुनो, फापरको पिठो, कोदोको पिठो, जौको सातु स्थानीय गेडागुडी, मसला तथा अन्य रैथाने कृषि उपज बिक्रीका लागि राखिएको छ भने उपभोक्ताको स्वस्थ तथा सुरक्षित खाद्य सामग्रीलाई प्राथमिकता दिइएको छ।’

घर संसार स्टोर खुलेपछि हिमाल, पहाड र तराईमा पाइने खाद्य सामग्री एकैठाउँमा पाइने हुँदा सहज भएको उपभोक्ता होमेन्द्र थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ुकतिपय हिमाल र पहाडमा पाइने खाद्य सामग्री बजारमा किन्न पाइँदैन थियो। तर, घर संसार स्टोर खुलेपछि हिमाल र पहाडमा पाइने खाद्य सामग्री सजिलै किन्न पाइएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.