
कृष्णसार अनलाइन । बर्दियामा पछिल्लो तीन वर्षमा करिब ३६ हजारजनाले नागरिकता बनाएका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाबाट तीन वर्षमा ३५ हजार ८८७ जनाले नागरिकता बनाएका हुन्।
गत आर्थिक वर्ष ०८२र८३ मा मात्र १२ हजार ३१२ जनाले नागरिकता बनाएका छन्। जसमध्ये ६ हजार दुई पुरुष ६ हजार ३१० जना महिला रहेका छन्। नागरिकता लिनेमध्ये ११ हजार ८४४ जनाले वंशज, ३०१ जनाले अंगीकृत, १५८ जनाले वैवाहिक अंगीकृत र ९ जनाले गैरआवासीय नागरिकता लिएका बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी, आर्थिक वर्ष ०८१र८२ मा ११ हजार ३५१ जनाले नागरिकता बनाएका छन्। तीमध्ये पाँच हजार ५४५ पुरुष र पाँच हजार ८०६ जना महिला रहेका छन् । नागरिकता लिनेमध्ये ११ हजार २५२ जनाले वंशजको आधारमा र ९९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन ।
आर्थिक वर्ष ०८०र८१ मा ६ हजार २१ पुरुष, ६ हजार २०२ महिला र एक अन्य लिंगी गरी कुल १२ हजार २२४ जनाले नागरिकता बनाएका छन्। जसमध्ये १२ हजार ३६ जनाले वंशजको आधारमा, एकजनाले अंगीकृत, १७५ जनाले वैवाहिक अंगीकृत र १२ जनाले गैरआवासीय नागरिकता पाएका छन्


