bardiyahospital

भोटेकोशी बाढी : सम्पर्कविहीन परिवारलाई सहयोग 

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशीमा आएको बाढीमा परेर रसुवाबाट सम्पर्कविहीन भएका गेरुवा गाउँपालिकाका १४ परिवारलाई आर्थिक सहयोग गरिएको छ। 

राजापुर नगरपालिका, ८ का निवर्तमान वडा अध्यक्ष एवं समाजसेवी चिन्तामणि आचार्यको नेतृत्वमा राहत रकम संकलन गरिएको थियो । संकलन गरिएको राहत रकम सम्पर्कविहीन व्यक्तिका परिवारलाई दिइएको आचार्यले जानकारी दिनुभयो ।उहाँले प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले सहयोग रकम सम्पर्कविहीन परिवारको घरमै पुगेर दिइएको बताउनु भयो । 

cld

कामको सिलसिलामा रसुवा पुगेका १४ जना व्यक्ति सम्पर्कविहीन भएपछि सम्पर्कविहीन परिवारमा चिन्ताको साथसाथै आर्थिक समस्या परेको छ । आर्थिक अवस्था कमजोर भएकाले कतिपय परिवार सम्पर्कविहीन व्यक्तिको खोजीको लागि जान नसक्ने अवस्था समेत रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.