
कृष्णसार अनलाइन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई बर्दियाको गुलरियामा रहेको एक विद्यालयले दुई लाख २२ हजार भन्दा बढी सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई गुलरिया, ६ मा रहेको सनराइज स्कुलले दुई लाख २२ हजार ४१२ रुपैयाँ सहयोग गरेको हो ।
बाढीपीडितको सहयोगका लागि विद्यार्थीले ३७ हजार १६० रुपैयाँ , शिक्षक तथा कर्मचारीबाट ३४ हजार २५२ रुपैयाँ र विद्यालयले एक लाख ५१ हजार गरी दुई लाख २२ हजार ४१२ रुपैयाँ सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट संकलित रकमले विपद्का कारण समस्यामा परेका परिवारलाई सहयोग पुग्ने अपेक्षा गरेको विद्यालयले जनाएको छ।


