bardiyahospital

वन्यजन्तु संरक्षणदेखि सेनामा भर्ती प्रक्रियाको बारे विद्यार्थीलाई बताउँदै नेपाली सेना

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा नेपाली सेनाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ठाकुरबाबा नगरपालिका, ८ चिट्कैयामा रहेको जगदम्बा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी नेपाली सेनाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गणले विद्यालयको इको क्लबसँगको सहकार्यमा कार्यक्रम गरेको हो। कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत २८ छात्र र ५२ छात्रासहित ८० विद्यार्थीको सहभागिता थियो। 

cld

जबरजंग गणका गणपति प्रमुख सेनानी दीपेन्द्र शाहीले निकुञ्जको महत्त्व, पारिस्थितिकीय प्रणाली, निकुञ्जमा पाइने वन्यजन्तु, वनस्पति र अन्य जैविक विविधताको महत्व र संरक्षणको आवश्यकता बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियो । कार्यक्रम बोल्दै शाहीले मध्यवर्ती क्षेत्रमा हुने मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘ प्रकृतिको संरक्षण गर्ने सामाजिक दायित्व विद्यार्थी र युवाहरूको पनि हो । त्यहीँ भएर जैविक विविधता र वन्यजन्तुको संरक्षण गर्न आवश्यक रहेको छ ।’ 

कार्यक्रममा विद्यार्थीलाई संरक्षण, वन्यजन्तु र जैविक विविधता सम्बन्धी जानकारी दिन बर्दिया राष्ट्रिय निकुञ्जको डकुमेन्ट्री समेत देखाइएको थियो। डकुमेन्ट्री मार्फत निकुञ्जको प्राकृतिक सम्पदा, वन्यजन्तु र संरक्षणका चुनौतीबारे विद्यार्थीलाई जानकारी गराइएको थियो।

 यसैगरी, विद्यार्थीलाई नेपाली सेनामा प्रवेशका लागि प्रोत्साहित गर्ने उद्देश्यले सेनाको भर्ना प्रक्रियाबारे पनि जानकारी दिइएको थियो। कार्यक्रममा सेनामा भर्नाका लागि आवश्यक योग्यता, सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षा, शारीरिक परीक्षा, प्रिमेडिकल तथा बियरिङ चेकजाँच लगायतका विभिन्न चरणबारे जानकारी गराइएको थियो।

 विद्यार्थीलाई भर्ना प्रक्रियाबारे व्यवहारिक रूपमा बुझाउन विभिन्न चरणको नमुना प्रदर्शन समेत गरिएको थियो। यसबाट नेपाली सेनाको भर्ना प्रक्रियाबारे विद्यार्थीलाई स्पष्ट जानकारी हुनुका साथै सेनामा प्रवेश गर्न इच्छुक विद्यार्थीलाई तयारीमा सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.