bardiyahospital

गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरी एमालेमा प्रवेश

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
गुलरिया नगरपालिकाकी उपप्रमुख एवं काँग्रेस निकट नेपाल महिला संघकी केन्द्रिय सदस्य शुसिला गिरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । उहाँ सँगै गुलरिया नगरपालिका ६ नं. वडाका वडा अध्यक्ष निरज कुमार शर्मा एमालेमा प्रवेश गर्नु भएको हो ।

त्यसैगरी जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनाल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । त्यसैगरी बर्दिया जिल्लाका विभिन्न पालिकाबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी लगायत विभिन्न पार्टीबाट दुई हजार पाँच सय बढी ब्यक्तिहरु प्रवेश गरेको नेकपा एमाले बर्दियाका सचिव पदम ढकालले जानकारी दिनु भयो ।

cld


नेकपा एमालेमा प्रवेश गर्दै गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरीले विचार सिद्धान्त दर्शन नमिल्ने अपवित्र र नीतिगत स्वार्थलाई केन्द्रमा राखेर लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने दलहरुबाट देशको भलो नहुने बताउनु भयो । उहाँले टाउकोको मोल तोकिनेहरुसँग गठबन्धन गरेको आरोप लगाउँदै एमालेमा निश्वार्थ रुपमा प्रवेश गरेको बताउनु भयो । उहाँले देशभरीका जनप्रतिनीधिहरुले नेकपा एमालेलाई रोजेकोमा त्यसमा ऐक्यवद्धता जनाएको बताउँदै बर्दिया जिल्लामा नेकपा एमालेको जित सुनिश्चित भएको बताउनु भयो ।

अप्रत्यासित रुपमा नेपाली काँग्रेस परित्याग गरी उपमेयर नेकपा एमालेमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रकारका बहसहरु सुरु भएका छन् । केहीले उनी नेकपा एमालेमा प्रवेश गर्नु स्वागत योग्य कदम भनेर प्रतिक्रिया दिएका छन् भने केहीले आफ्नो घर भित्रको झगडा मिलाउन नसकेर भागेको भन्दै टिप्पणी गरेका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.