bardiyahospital

बरघरको नेतृत्वमा रकम संकलन, भोटेकोशी बाढी प्रभावित १४ परिवारलाई सहयोग

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका बर्दियाका १४ जना व्यक्तिको परिवारलाई सहयोग गरिएको छ । बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका गेरुवा गाउँपालिकाका १४ जना व्यक्तिको परिवारलाई सहयोग गरिएको हो ।

बाढीपछि सम्पर्कविहीन रहेका  १४ जना व्यक्तिको परिवारलाई सात गाउँबाट बरघरको नेतृत्वमा उठेको  रकम सम्पर्कविहीन व्यक्तिका परिवारलाई पुर्‍याउन  गेरुवा गाउँपालिका वडा नं. ३ ले सहजीकरण गरेको थियो । आर्थिक सहयोग सङ्कलनका लागि वडा, ३ मा पर्ने सात गाउँका बडघरले सक्रियता देखाएका थिए । राहत संकलनमा सक्रिय हुनेमा लोहारपुरबाट दसउता थारू, भगतपुरबाट कर्णबहादुर धामी, गणेशपुरबाट प्रदेसु चौधरी, बनकट्टीबाट कलैया थारू, सनकट्टीबाट खुसीराम थारू, खुटेनाबाट धनिराम थारू र बालुवाटारबाट सन्चराम थारूको नेतृत्वमा   जेन्सी सामान सहित कुल १ लाख २६ हजार रुपैयाँ संकलन भएको थियो। 

cld

सङ्कलित रकमको २० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र ८० प्रतिशत प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय अनुसार रकम  सहयोग वितरण गरिएको गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ बाढी प्रभावित गेरुवा, ३ बनकट्टीका खुसीराम थारूको परिवारलाई १३ हजार १४२ रुपैयाँ र अन्य प्रभावित परिवारलाई प्रतिपरिवार ६ हजार ८ सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ ।’

आर्थिक सहयोग हस्तान्तरण गर्दै गेरुवा वडा अध्यक्ष  चौधरीले विपद्को समयमा प्रभावित परिवारलाई स्थानीय स्तरबाट सक्दो सहयोग गर्ने उद्देश्यले रकम सङ्कलन गरी वितरण गरिएको बताउनु भयो।

राहत वितरण कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारू, वडा नं. ३ का वडा सदस्य जमान सिंह कडायत र राम अवतार थारू, वडा नं. २ का वडा सदस्य कालीचरण थारू, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर रावत, स्थानीय सुरेश राठौर, सोनु शाही सहायक बरघर लगायतको सहभागिता रहेको थियो।
रसुवाको बाढीपछि सम्पर्कविहीन हुनु भएका व्यक्तिको  परिवारमा अहिले पनि आफ्ना आफन्त सकुशल भेटिने आशा अझै बाँकी छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.