bardiyahospital

 रसुवा बाढीमा सम्पर्कविहीन व्यक्तिको परिवारलाई विद्यार्थीले गरे सहयोग

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका बर्दियाका १४ जना व्यक्तिको परिवारलाई विद्यार्थीले सहयोग गरेका छन् । बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका गेरुवा गाउँपालिकाका १४ जना व्यक्तिको परिवारलाई गेरुवा, २ पाताभारमा रहेको एक प्रिय राठौर माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेका हुन् । 

cld

विद्यालयमा सञ्चालित जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरूको अगुवाइमा विद्यार्थीबाट सङ्कलित ३८ हजार तथा विद्यालय रुपैयाँमा विद्यालयले थप पाँच हजार रुपैयाँ गरी ४३ हजार रुपैयाँ सङ्कलन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु ओलीले विद्यार्थीबाट सङ्कलित रकम १४ परिवारलाई तीन हजार पाँचका दरले सहयोग उपलब्ध गराइएको बताउनु भयो । 

 माध्यामिक विद्यालयका कृषि प्राविधिक इन्चार्ज अमर रावलले विपत्तिको समयमा विद्यार्थी तथा विद्यालय परिवारले गरेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ विद्यार्थीमा सामाजिक सेवा, मानवीय सहयोग र विपद्का बेला एक अर्कालाई दिनुपर्ने भावनाको विकास गराउन यस्ता गतिविधिले महत्वपूर्ण हुने गरेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.