
कृष्णसार अनलाइन । बर्दियामा रक्तदान तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । गेरुवा गाउँपालिका– ३ मा रहेको शान्तिबजारमा बृहत् रक्तदान तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो।
पछिल्लो समय बर्दियामा रहेका स्वास्थ्य संस्थामा रगतको अभाव हुँदै गएपछि रगतको अभावलाई परिपूर्ति गर्नका लागि गगनसिंह कुँवर फाउन्डेसनले रक्तदान कार्यक्रम गर्दै आएको छ। बुधबार फाउन्डेसनको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेको लारी रक्त सञ्चार केन्द्र गुलरियाले जनाएको छ। त्यसैगरी, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सञ्चालन गरेको शिवगंगा आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरेको थियो ।

आँखा शिविरमा ७५ जनाको आँखा जाँच गरिएको छ। जसमध्ये ९ जनामा मोतिबिन्दु देखिएको हुँदा मोतिबिन्दु भएका व्यक्तिहरूका आँखाको अप्रेसन गुलरियामा रहेको शिवगंगा आँखा अस्पताल हुने गगनसिंह कुँवर फाउन्डेसनका अध्यक्ष शेरबहादुर कुँवरले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आँखा शिविरमा आँखा जाँच गर्दा मोतिविन्दुको समस्या भएका बिरामीको निःशुल्क अप्रेसन हुनेछ । भने रक्तदान कार्यक्रममा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ( पेन प्लस ) र गेरुवा गाउँपालिका, मा रहेको भलडुङ्ग्री सामुदायिक वनले सहयोग गरेको थियो ।’ रक्तदान कार्यक्रममा लारी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।’


