bardiyahospital

ट्राफिक कारबाहीबाट बर्दियामा दुई करोड ६९ लाख राजस्व सङ्कलन

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरी दुई करोड ६९ लाख १७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने ३७ हजार ९०३ सवारीसाधनलाई कारबाही गरी दुई करोड ६९ लाख १७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको हो । 

सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गराउनका लागि जिल्लाभर ट्राफिक चेकिङ गर्ने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रक, ट्याक्टर, जिप, कार, भ्यान, बस, मोटरसाइकल टेम्पो/अटोलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

cld

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्ष  २०८३/०८४ मा भदौसम्म ९३० सवारीचालकलाई कारबाही गरी सात लाख ५९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ६६७ सवारीसाधनलाई कारबाही गरी ५५ लाख ७६ हजार पाँच रुपैयाँ, आर्थिक वर्ष २०८१/०८२ मा १२ हजार २२५ सवारीसाधनलाई कारबाही गरी ९३ लाख ६७ हजार पाँच सय रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा मा १८ हजार ८१ सवारीसाधनलाई कारबाही गरी एक करोड १२ लाख १४ हजार पाँच रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

नियमित र छड्के चेकजाँचको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कानुनअनुसार जरिवाना गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.