
कृष्णसार अनलाइन । बर्दियामा ६ हजार ८ सय ७६ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
निर्वाचन आयोगमा ०८२ चैत २२ गते देखि ०८३ असोज ७ गतेसम्म ६ हजार ८ सय ७६ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय पुगेर १ हजार १ सय ७८ जनाले र ५ हजार ६ सय ९८ जना राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम गर्दा गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकृत लाल बहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ” मतदाता नामावलीको विवरण रहेको त्रुटि सच्याउन १ सय ३९ जनाले र मतदान स्थान परिवर्तन गरि ठाउँसारी गरिदिन ५ सय २१ जनाले निवेदन दिनु भएको छ ।”

प्रतिनिधि सभाको चुनाव हुँदा बर्दियामा ३ लाख २३ हजार २ सय ६६ जना मतदाता रहेका थिए । जसमध्ये पुरुष १ लाख ५९ हजार ३ सय ८७ जना, महिला १ लाख ६३ हजार ८ सय ७३ जना र अन्य ६ जना रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।


