bardiyahospital

 बर्दियामा २६ महिनामा ५ सय २४ जना महिला घरेलु हिंसाबाट पीडित

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा  विगत २६ महिनामा ५ सय २४ जना महिला घरेलु हिंसाबाट पीडित भएको  जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएका छन् ।

प्रहरीमा आएका घरेलु हिंसाका उजुरी मध्ये घरायसी झैँझगडा, घरमा खानबस्न नदिएको, कुटपिट गरेको, विवाह दर्ता नगरिदिएको तथा नागरिकता नबनाइ दिएको लगायतका विषय रहेका छन् । सेवा केन्द्रमा उजुरी परेपछि पीडित र आरोपित दुवै पक्षलाई राखेर सकेसम्म मिलापत्र गराउने गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी  रेशम बोहराले बताउनु भयो । मिलापत्र हुन नसकेका उजुरीलाई सम्बन्धित निकायमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

cld

‘चालू आर्थिक वर्ष २०८३/०८४ मा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा सम्बन्धी ७० वटा उजुरी आएका छन्,’ प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी बोहराले भन्नुभयो, ‘त्यसमध्ये ६० वटा उजुरीमा मिलापत्र भएको छ । आठवटा उजुरी मिलापत्र हुन नसकेपछि सम्बन्धित निकायमा पठाइएको छ भने दुईवटा उजुरी मा छलफल हुन बाँकी रहेको छ । ’

गत आर्थिक वर्ष २०८२/०८३ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसा सम्बन्धी २ सय ५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १ सय ७३ वटा उजुरीमा मिलापत्र भएको प्रहरीले जनाएको छ । मिलापत्र हुन नसकेका ३३ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको छ । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा २ सय ४९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेकोमा सबै उजुरी टुङ्गो लगाइएको प्रहरीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.