
कार्यक्रममा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक धीरेन्द्र बिसीले बर्दियामा पहिलोपटक एलइडी डिस्प्ले प्रयोग गरी सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताउनु भयो ।उहाँले कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, गायिका एलिना चौहान र कलाकार अञ्जली अधिकारीको प्रस्तुति रहने जानकारी दिनुभयो
बर्दिया युथ ब्ल्याकबक क्लबका अध्यक्ष विमल केसीले कार्यक्रमबाट बचेको रकम निःशुल्क जिम क्लब निर्माणमा लगानी गर्ने बताउनु भयो। उहाँले पछिल्लो समय युवाहरूमा लागूऔषध प्रयोग बढ्दै गएकाले युवालाई सिर्जनात्मक तथा शारीरिक गतिविधिमा जोड्न निःशुल्क जिम सञ्चालन गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिम क्लबमा आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई समेत निःशुल्क व्यायाम गर्ने व्यवस्था मिलाएर उनीहरूलाई व्यस्त राख्न सके लागूऔषध प्रयोग न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँ । त्यहीँ भएर पनि क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । ’
बर्दिया युथ ब्ल्याकबक क्लबले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा पारेर सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । भने कात्तिक १ गते अष्टमीको दिनमा हुने कार्यक्रममा सहभागी हुन ब्लबले निम्तो समेत गरेको छ ।


