bardiyahospital

बर्दियामा बालविवाह न्यूनिकरणका लागि दुई दर्जन बढी संघसंस्था सक्रिय तर नतिजा कमजोर

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा बालविवाह न्यूनिकरणका लागि दुई दर्जन भन्दा बढी गैरसरकारी संघसंस्थाले काम गरिरहेको भएयता पनि बालविवाह अझै न्यूनिकरण भएको छैन् । बालविवाह न्यूनिकरणका लागि भन्दै विभिन्न दातृ निकायसँग सहयोग मागेर दुई दर्जन बढी संघसंस्थाले काम गरिरहेको छन् ।

संघसंस्थाले गरिरहेको काम र लगानी हेर्दा बालविवाह न्यूनिकरणको लागि भएका प्रयासहरू बालुवामा पानी जस्तो भएको छ । बालविवाह न्यूनीकरणका लागि प्लान नेपाल, बाँके युनेस्को क्लब, भेरी वातावरणीय विशिष्‍टता समूह ( बि ग्रुप ), राधाकृष्ण थारू जनसेवा केन्द्र, थारू महिला उत्थान केन्द्र, कारिदास नेपाल, बेस बर्दिया, प्लान इनटरनेशनल, आमा समूह, साथी, दलित महिला उथान संघ, स्याक नेपाल , ग्रीन दूरी, क्यारिटेस नेपाल, जी ग्रुप, महिला स्थानीय सञ्जाल , दलित महिला उत्थान संघ , रूम टु रिड , बेस्ट, आवाज माइती नेपाल , महिला सञ्जाल , युथ क्लब, युवा सञ्जाल , महिला समूह, सुहारा लगायतका संघसंस्थाले काम गरेका छन् । त्यसबाहेक लुम्बिनी प्रदेश सरकार र स्थानीय तहहरूले पनि बालविवाह न्यूनीकरणका लागि काम गरेको छ । 

cld

बालविवाह न्यूनिकरणका लागि सरकार भन्दा गैरसरकारी संस्था सक्रिय भएको देखिन्छ । बालविवाह न्यूनीकरणका नाममा हुने सेमिनार गोष्ठी अन्तरक्रिया लगायतको काममा करोडौँ लगानी भएको छ । बालविवाहको तथ्याङ्क हेर्दा बालविवाह कार्यक्रम बजेट सक्न गरेजस्तो मात्र देखिन्छ । 

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा २० वर्षभन्दा कम उमेरका ७ सय ४५ जनाले पहिलो पटक गर्भ जाँच गराएको, ३ सय २२ जना सुत्केरी भएको, २ सय ३० जनाले परिवार नियोजन साधन प्रयोग गरेको र ८४ जनाले गर्भपतन गराएका छन् । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ६ सय ६९ जनाले पहिलो पटक गर्भ जाँच गराएको २ सय ८५ जना सुत्केरी भएको २ सय १२ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ९० जनाले गर्भपतन गराएको छन् । भने आर्थिक वर्ष २०८०/८१ मा ७ सय ७५ जनाले पहिलो पटक गर्भ जाँच गराएको ४ सय ९८ जना सुत्केरी भएको ३ सय २१ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ८२ जनाले गर्भपतन गराएको पब्लिक हेल्थ नर्सिङ अधिकृत पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो । 

स्वास्थ्य संस्थामा गएमा पहिलो पटक गर्भ जाँच गर्ने, सुत्केरी हुने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालविवाह बढेको देखिन्छ ।सुरुमा बालविवाह न्यूनीकरण गर्नका लागि काम गर्ने संस्थाको तथ्याङ्क हेर्दा दुई दर्जन भन्दा बढी देखिन्छ । बालविवाह मुक्त वडा घोषणा गर्ने काममा स्थानीय तहलाई प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया, भेरी वातावरणीय विशिष्टता समूह ( बि ग्रुप ), र बाँके युनेस्क क्लबले सहयोग र लगानी गरेको छन् ।तर पछिल्लो समय बालविवाह मुक्त वडा र पालिका घोषणा अभियानमा प्लान नेपाल, बाँके युनेस्को, बि ग्रुप, राधाकृष्ण थारू जनसेवा केन्द्र, प्लान इन्टरनेसनल काम गरिरहेका छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.