bardiyahospital

बर्दियामा पाँच दलिय गठबन्धन अलग अलग चुनावमा  

Geruwa GIF

यज्ञप्रसाद सापकोटा

बर्दिया । 

cld

बर्दियामा सत्ताको बाँडफाडमा कुरा नमिले पछि पाँचदलिय गठबन्धन अलग अलग चुनावमा जाने भएको छ । सात दिन सम्म लगातार छलफल गर्दा सम्म जिल्ला स्थित पार्टीका नेतृत्वले सत्ता बाँडफाँड टुङ्गयाउन नसकेपछि गठबन्धन एक्ला एक्लै चुनावमा जाने भएको हो ।

यही वैशाख ३० गते हुने चुनावका लागि सबै तहका पदहरुमा मित्रवत् रुपमा चुनावी प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनका टोलीले संयुक्त हस्ताक्षर गर्दै सहमति पत्र सार्वजनिक गरेका छन् । गठबन्धनका विषयमा जनकारी गराउँदै टोलीले चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने लगाएतका १० बुँदे निर्णय गरिएको जनाएको छ ।

सहमति पत्रमा बर्दियाका आठ वटै पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका लागि पाँच दलले मित्रवत् प्रतिस्पर्धा गर्ने, गठबन्धन भन्दा फरक कुनै पनि दलसँग सहमति गरेर चुनावमा जान नपाइने निर्णय भएको उल्लेख छ ।

सहमति पत्रमा हस्ताक्षर भएपछि पाँच दल बर्दिया जिल्लामा गठबन्धन गरेर जाने सम्भावनाको अन्त्य भएको छ । तर चुनावी प्रचार प्रसारको समयमा स्थीतीको मुल्याङ्कन गरी पालिका वा वडा तहमा आपसी सहमतीका आधारमा तालमेल गर्न सकिने सम्झौता पत्रमा उल्लेखित  छ ।

गठबन्धन गर्ने भए आठ वटै पालिकामा गर्ने नभए सबै ठाउँमा मित्रवत ढङ्गबाट प्रतिस्पर्धा गर्ने भन्ने छलफल हुँदा पाँच दलीय गठबन्धन बर्दिया जिल्ला स्तरीय संयन्त्रले मित्रवत् प्रतिस्पर्धामा सहमति गरेको नेपाली कांग्रेस जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले जानकारी दिएका छन् ।

बर्दियामा छ ओटा नगरपालिका र दुई ओटा गाउँपालिका गरी आठ पालिका रहेका छन् । टोलीले २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमाले विजयी भएका तीन वटा पालिकामा मात्र भए पनि गठबन्धन गर्ने अन्तिम प्रस्ताव गरेको थियो । सो प्रस्तावमा समेत सहमति हुन नसक्दा गठबन्धन हुन नसकेको टोलीका एक सदस्यले बताए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.