Division forest_Ads
Barista_Training

बर्दियाको आठ ओटै पालिकामा ठूला दलको उमेदवारी दर्ता

Geruwa GIF

मुकुन्द सुवेदी
बर्दिया ।
बर्दियाको आठ ओटै पालिकामा उमेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज (सोमबार) ८ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरुमा विभिन्न राजनीतिक दलहरुले पालिका प्रमुख तथा उप प्रमुखमा मनोनयन पत्र दर्ता गराएका छन् । आठवटा पालिका मध्ये दुइवटा पालिकामा मात्रै गठबन्धन भएको छ ।

बर्दियाको गुलरिया नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा अमरबहादुर खड्का र उप प्रमुखमा टिका सम्सेली, नेपाली कांग्रेसबाट निवर्तमान नगर प्रमुख मुक्तिनाथ यादव र उप प्रमुखमा सावित्रा गौतम, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा गेहेन्द्र ढकाल र उप प्रमुखमा इन्दिरा सुवेदी, जनता समाजवादी पार्टीबाट सुधाकर मिश्रले प्रमुख र उप प्रमुखमा सुमित्रा चौधरीले पदका लागि मनोनय पत्र दर्ता गराउनु भएको छ । एकीकृत समाजवादीबाट प्रमुखमा वालकृष्ण ओली र उप प्रमुखमा कमला घिमिरेले मनोनयन दिनुभएको छ ।

त्यस्तै बाँसगढी नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा खड्गबहादुर खड्का उपप्रमुखमा इन्द्रा थारु, नेपाली कांग्रेसबाट प्रमुखमा सविन थापा उप प्रमुखमा आकाश थारु (सोमती), नेकपा माओवादी केन्द्रबाट भवनकुमार थारु र उप प्रमुखमा भूमि विटालु ले मनोनयन दर्ता गराउनु भएको छ । यस नगरपालिकामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) बीच वडा तहमा भने गठबन्धन भएको छ ।

बढैयाताल गाउँपालिकामा निर्वतमान अध्यक्ष लालबहादुर श्रेष्ठले नेकपा एमालेबाट अध्यक्षमा र लक्ष्मी अधिकारीले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसबाट भगत नेपाली अध्यक्ष र उपाध्यक्षमा पवित्रा अर्याल नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा हिमालय त्रिपाठी र उप प्रमुखमा कमला गुरुङ्खले उमेदवारी दिनुभएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कौशिला सिंह ठकुरी र उपाध्यक्षमा डिलबहादुर के.सीं रहनु भएको छ ।
बारबर्दियामा एमालेको तर्फबाट पदम ढकाल प्रमुख र उपप्रममा नारायणी चौधरी, नेपाली कांग्रेसबाट छविलाल थारु र उपप्रमुखमा रत्नकुमारी पाण्डे, माओवादीबाट दशरथ थारु र उपप्रमुखमा शोभा थारु छन् ।

Basgadhi PSA_final

यस्तै ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट निवर्तमान प्रमुख घननारायण श्रेष्ठ प्रमुख र उप प्रमुखमा विना भट्टराईले मनोनयन दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट तिलकराम लम्सालले प्रमुखमा र मञ्जुकुमारी चौधरीले उप प्रमुख, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा नेत्र आचार्य र उप प्रमुखमा आशाकुमारी थारुले प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

राजापुर नगरपालिकामा नेकपा एमालेबाट पहारी थारु प्रमुख र उप प्रमुख सविता बख्रेल, नेपाली कांग्रेसबाट दिपकजंग शाह प्रमुख र उप प्रमुखमा यसोदा चौधरी, माओवादी केन्द्रबाट दिपेश थारु र उपप्रमुखमा मनकला चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रामगोपाल चौधरी र उपप्रमुखमा संगिता चौधरी रहनु भएको छ । स्वतन्त्रबाट मोहन चौधरी, टंकप्रसाद जैसी छन् ।

गेरुवा गाउँपालिकामा नेकपा एमालेबाट भरत धामी अध्यक्ष र उपाध्यक्ष मञ्जु शर्मा, कांग्रेसबाट जमानसिंह के.सी र लक्ष्मिकुमारी चौधरी, माओवादी केन्द्रबाट विश्वराज थारु र उपाध्यक्षमा लिला चौधरी, राप्रपाबाट सोनापति चौधरी अध्यक्ष र उपाध्यक्षमा विच्छा शाही र नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षमा क्षेत्रपाल थारु र उपाध्यक्षमा केशरी कुमारी चौधरी रहेका छन् । गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच वडा तहमा तालमेल गरेका छन् ।
मधुवन नगरपालिकामा कांग्रेसबाट प्रमुखमा तेजराज भाट उपप्रमुखमा अनिताकुमारी थारु, एमालेबाट धर्मराज थापा प्रमुख र उपप्रमुखमा सम्झना वि.क., माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मीप्रसाद शर्मा र उपप्रमुख शुभद्रा थारुले मनोनयन दर्ता गराउनु भएको छ ।

 कांग्रेसमा बागी उम्मेदवार

बर्दियाको राजापुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फटबाट बागी उमेदवार परेको छ । राजापुर नगरपालिकाको उमेदवारी छनौटमा असन्तुष्टि जनाउँदै आज विहान राजिनामा दिएर प्रमुखमा टंकपसाद जैसी र उप्रमुखमा निता जैसी रहेका छन् । १० वटा वडा रहेको राजापुरका सबै वडाहरुमा कांग्रेसको बागी उमेदवार परेको छ । उमेदवारी छनौटका बेला कांग्रेसका संस्थापन पक्षले इतर पक्षलाई पेलेर गएको भन्दै नेपाली कांग्रेसका क्षेत्रीय समितिमा पराजीति उमेदवार रमण रेग्मी सहित २०७ जनाले आज राजिनामा दिएका थिए ।

यसैगरी मधुवन नगरपालिका वडा नं ३ का निवर्तमान वडाध्यक्ष नारायण मल्लले पुनः वडाध्यक्षमा वागी उम्मेदवारी दिएका छन् । वडाध्यक्ष सहित वडाका पाँचै जनाको स्वतन्त्र उम्मेदवारी दिएका मल्ल सहित ६४ जनाले साधारण सदस्य सहित साधारण समेत नरहने गरी राजिनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.