

यज्ञप्रसाद सापकोटा
बर्दिया ।

बर्दियाबाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट निर्वाचित लुम्बिनी प्रदेश सभाको सदस्य दिपेश थारू राजापुर नगरपालिकामा नगरप्रमुखको पदमा उम्मेदवारी दिनुभएको छ ।
बर्दिया क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य थारूले नेकपा (माओवादीको तर्फबाट) राजापुर नगरपालिकामा नगरप्रमुख पदको लागि उम्मेदवार दिनु भएको हो । उहाँले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको छ । थारूले गत ९ गते प्रदेश सभा सदस्य पदबाट सभामुखसमक्ष लिखित राजीनामा पेश गरेको भए पनि प्रदेश सभा सचिवालयले गुपचुप राखेको थियो ।
‘प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेश सभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।’ सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।