bardiyahospital

फेसबुकमा समस्याः ६ घण्टापछि पुनः सुचारु, फेसबुकले माफी माग्यो

Geruwa GIF

क्यालिफोर्निया । फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः सुचारु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो । करिब ६ घण्टापछि अरबौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ।

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन।

cld

फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ। उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्। बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.