bardiyahospital

विज्ञानलाई पनि बेलाबेलामा परिवर्तन गरिरहनु पर्ने रहेछ : अध्यक्ष ओली

Geruwa GIF

काठमाडौ‍‌। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग गरे पनि अहिले त्यही नै मानवको स्वास्थ्यका लागि खराब भएकाे बताउनु भएकाे छ।

याे कुराले विज्ञानलाई पनि बेलाबेलामा परिवर्तन गरिरहनु पर्ने रहेछ भन्ने पुष्टि भएको बताउँदै अध्यक्ष ओलीले उत्पादन वृद्धि गर्नका लागि विज्ञानले रासायनिक मल ल्याए पनि अहिले त्यही नै मानवको लागि हितकर नभएपछि विज्ञानले अरू विकल्प खोल्न थालेको जिकिर गर्नुभयाे ।

cld

उहाँले विज्ञान पनि रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयाे । एमालेको विज्ञान तथा प्रविधि विभागको कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष ओलीले प्रकृतिमा रहेका यथार्थ नियम नै विज्ञान रहेको दावी गर्नुभयाे । ‘विज्ञानले आफै उत्पादनका निम्ति केही गर्दैन । त्यसलाई प्रविधिमा रूपान्तरण गरेपछि मात्र गति र समार्थ्य वृद्धि हुन्छ,’ उहाँले विज्ञानका नियम अनुसार प्रविधिको विकास भएको बताउनु  भयाे ।

‘हामी जब साइन्सको कुरा गर्छौ त्यो साइन्टीफिक हुन्छ । टक्नोलोजी बनाएर हामीले विज्ञानको प्रयोग गर्छौँ,’ ओलीले भन्नुभयाे, ‘विज्ञान आफै कम्प्युटर हुँदैन, कम्प्युटरमा विज्ञानलाई रूपान्तरण गरेको हुन्छ, साइन्सलाई रूपान्तरणमा लानका लागि इनोभेसन चाहियो ।’

विकास गर्नका लागि गरिबी अन्त्य गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले लक्ष्य फरक भए पनि विज्ञान सबैका लागि एउटै भएको तर त्यसलाई सबैले एकनाशले प्रयोग नगरेको बताउनु भयाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.