bardiyahospital

सडक दुर्घटनामा एकजनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सडक दुर्घटनामा परी गेरुवा गाउँपालिका– ३, लोहारपुरका ४० वर्षीय हरिराम थारूको मृत्यु भएको हो ।

शनिबार साँझ करिब साढे ८ बजे राजापुर नगरपालिका– ८, भोगपुरमा थारूले चलाएको से।८प ५७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका थारूको राजापुरमा प्राथमिक उपचार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

cld

राजापुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बर्दिया अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.