bardiyahospital

बर्दियामा विद्यार्थीले गरे सयपत्री फूलखेती

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा विद्यार्थीहरूले सयपत्री फूलखेती गरेका छन् । गेरुवा गाउँपालिका, ५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमा सयपत्री फूलखेती गरेका हुन् ।

विद्यालय परिवारको सहयोगमा विद्यार्थीहरूले फूल उत्पादन गरेको शिक्षिका रामकुमारी चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विद्यालयमा प्रयोग विहीन अवस्थामा रहेको जग्गामा विद्यार्थीहरूले फूलखेती गरेका हुन् । विद्यार्थी र विद्यालय परिवारले मिलेर रोपेको फूल अहिले बिक्रीका लागि तयार भएका छ ।’

cld

विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न समयमा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि विद्यालयले तीन कठ्ठा जग्गामा खुर्सानी , प्याज र भान्टाको खेती गरेको थियो ।

विद्यालयमा करिब दुई सय ५० जना विद्यार्थी अध्ययनरत छन् । फूलखेतीबाट विद्यालयलाई आम्दानी हुनुका साथै विद्यार्थीहरूको सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने विद्यालयले विश्वास लिएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.