
दलबहादुर सुनार
बढैयाताल ।

आसन्न बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बढैयाताले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
” सुशासन , समृद्धि र समाजबादको आधार बढैयाताल गाउँपालिकामा एमालेको सरकार ” भन्ने मुलनाराका साथ १४ पेजको प्रतिबद्धता आज सार्बजनिक गरिएको हो ।

एमाले जिल्ला कमिटी बिर्दियाका अध्यक्ष तथा बढैयाताल गाउँपालिका निवर्तमान अध्यक्ष एवम आसन्न निर्वाचनको अध्यक्ष पदका उमेद्वार समेत रहेका लाल बहादुर श्रेष्ठले प्रतिबद्धता पत्रको महत्व र बिषेशताको बारेमा पत्राकारहरुलाई जानकारी गराउदै सार्वजनीक गर्नु भएको हो ।
प्रतिवद्धता पत्रमा एमालेले नेतृत्व गरेको सरकारका पालामा भएका केन्द्र , प्रदेश र स्थानीय तहका कामहरुको उपलब्धीलाई आत्मसाथ गर्दै सुखी जनता समृद्ध पालिलका बनाउने अठोट लिइएको छ ।

प्रतिबद्धतापत्रमा एमालेको नेतृत्वमा रहेको स्थानिय सरकारले अहिलेसम्म गरेका काम, गर्न बाँकी काम र नयाँ योजना प्रतिबद्धतापत्रमा समेटिएको छ भने बालबालिका , युवा , अपाङ्गता, महिला र जेष्ठ नागरिकका सवाललाई प्राथमिकतामा राखिएको छ । ‘जनप्रतिनिधि शासक होइनन् जनताका सेवक हुन भन्ने भनाइलाई सार्थक बनाउने समेत प्रतिबद्धता गरिएको छ । प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ , भुमिब्यबस्था गरिबिनिवारण, यूवा स्वरेजगार तथा खेलकुद, कृषि तथा पर्यटन, उर्जा बन वातावरण तथा जलश्रोत, उद्ध्योग तथा बाणिज्य, शान्ति सुरक्षा, सामाजिक न्याय र मानबअधिकार लगाएतका विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।
२०७४ को स्थानियतहको निर्वाचनमा बढैयाताल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित पाँच वटा वडामा एमाले र चार वटा वडा नेकपा माओवादीको पोल्टामा परेको थियो । भने बैसाख ३० मा हुने स्थानियतहको निर्वाचनमा आफ्नो पार्टिको पल्लाभारी बनाउन नेता तथा कार्यक्रता घरदैलो अभियान लाई तिब्र पारेका छन् ।


