Division forest_Ads
Barista_Training

त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीले किसानकै खेतमा धानको परिक्षण खेती गर्ने

Geruwa GIF

मानबहादुर चौधरी
बर्दिया,
त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीले बर्दियामा किसानकै खेतमा धानको नमुना परिक्षण खेती गर्ने भएको छ ।

भारतको हैदरावादमा केन्द्र रहेको त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीले गुलरियामा धान र अन्य बालीको वीउ प्रर्वद्धन गर्न आयोजना गरीएको कार्यक्रममा कम्पनीका भारत उत्तर प्रदेश प्रमुख राकेशकुमार शर्माले किसानहरुसँगको सहकार्यमा धानको नमुना परिक्षण खेती गर्न तयार भएको बताए ।

‘किसानका सबै गतिविधीहरु केन्द्र बिन्दुमा छन् । उनीहरुका खुसी र समृद्धि हाम्रो सबै भन्दा ठूलो प्राथमिकता हो । हामी माथि विश्वास दिलाउनका लागि किसानहरुको लागि हामी संधै उच्च गुणस्तरयूक्तको बीउ दिने प्रयास गर्दै आएका छौं । कम्पनीद्धारा बिक्रि गरिने सबै बीउ हाम्रो बैज्ञानीक शक्तिहरु, हाम्रो प्रतिवद्धता र आवश्यक प्रक्रियाको कटिबद्धता द्वारा समर्थित रहेको छ । ’ त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीका नेपाल बजार ब्यवस्थापक घनश्याम ओझाले भन्नु भयो ।

Basgadhi PSA_final

कार्यक्रममा बिभिन्न जिल्लाबाट सहभागि एग्रोभेटका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बारबर्दिया नगरपालिका सुर्य एग्रोभेट कन्र्सनका पदम सापकोटाले धानको बीउको हावा पानी अनुकुलता, गुणस्तर, जवाफदेहिता, नेपाल सरकारको सम्बन्धीत निकायको अनुगमन सहितको आधिकारिकता प्रमाणितको आधारको विषयमा कुरा राख्नु भएको थियो ।


बिभिन्न कम्पनीहरुले आकर्षक प्याकेट सहित धानको बीउको बारेमा गलत सुचनाको अफवाह फैलाएर एग्रोभेटहरु मार्फत किसानहरुलाई बिक्रि गर्ने गरेको छ । तर उत्पादनमा समस्या देखिएपछि जिम्मेवार पक्षले जवाफदेहिताबाट भाग्ने गरेको पनि सहभागिहरु आरोप लगाए थिए । साथै नेपालमै सम्बन्धीत जिल्लाकै किसानलाई परिक्षण उत्पादन गर्न दिनुपर्ने पनि माग गरेका थिए ।

लुम्बिनी प्रदेश हालसम्म वाँकेको खजुरा हुँदै आएकोमा अब कन्चनपुर जिल्लाको सुन्दरपुरमा कम्पनीले परिक्षण उत्पादन शुरु गर्ने तयारी भएको छ । धान बीउको मुख्य विक्रेता आचार्य एग्रोभेट गुलरियाका सञ्चालक रामप्रसाद आचार्यले त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीले किसानकै खेतमा धानको परिक्षण खेती गर्न लागेको बताउनु भयो ।
त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीले अनुसन्धान गरेको टि.एम.आर.एच. १२४ (शंखर धान), १६२६ यामिनी धानलाई नेपालको तराई क्षेत्रको हावापानी र तापक्रममा उत्पादन सफल भएको छ । नेपालमा परिक्षण उत्पादन सफल भई सिफारिस भएको टि.एम.आर.एच. १२४ (शंखर धान), १६२६ यामिनी धानको बीउ एग्रोभेट मार्फत किसानहरु माझ पु¥याउन लागेको हो । लुम्बिनी प्रदेशमा गुलरिया स्थित आचार्य एग्रो फर्म ट्रेडसले डिलरको रुपमा जिम्मेवारी पाएको छ । अन्य बिभिन्न कम्पनीले बिभिन्न वालीका बीउ पठाई दिएकै भरमा बिक्रि गरिरहेको अवस्थामा त्रिमुर्तिले आफै आएर बीउको बारेमा जानकारी र उत्पादनमा समस्या आए जवाफडिहिता लिनेसम्मको सहमती गरेकोले किसानहरुलाई ढुक्क भएर धान लगायतका बालीका बीउ बिक्रि बितरण गर्ने वातावरण बनेको आचार्य एग्रो फर्म ट्रेडसका सञ्चालक रामप्रसाद आचार्यले बताए ।

त्रिमुर्ति प्लांट साइन्सस प्राइवेट लिमिटिडले अनुसन्धान गरी नेपालकै विभिन्न कृषि अनुसन्धान केन्द्रमा नमुना उत्पादन परिक्षण गर्दै आएको छ । कम्पनीले अनुसन्धान गरि नेपालमै परिक्षण उत्पादन सफल भएका र नेपाल सरकारले अनुमति दिएका बिभिन्न बालीको बारेमा अभिमुखिकरण पनि गरेका थिए । धानहरुको टि.एम.आर.एच. १२४ (शंखर धान), १६२६ यामिनी, टि.एम.आर.एच ५७८६, टि.एम.आर.एच १०८ (पवित्रा), मकैहरुमा त्रिनाथ ८०६, टि.एम.एम.एच ८२६, टि.एम.एम.एच ८१२, तेलहन बालीमा टि. एम. एम. डी ९२ ( कालिया), टि एम एस एच १७०१ (ज्वैल), घाँस बालीमा टि एम एस, एच १२०१ (चारु), तरकारी बालीमा टि. एम. पि. एच. ४२४ (झलक) खुसार्नी, टि.एम. पि.एच ४४९ खुसार्नी, टि. एम टि. एच. २३१ टमाटर, टि एम टि एच २२२ (अबिश) टमाटर, टि एम ओ एच ३२९ भिण्डी, टि एम ओ एच २३५२ भिण्डी, टि एम डब्लु एच ७०४ ( कालिया गोल्ड) तरबुज्ज, टि एम बि जी १४०१ लौका, टि एम आर एच १५०१ तोरै, टि एम सी यू ११०१ (हेमा) टि एम बि आई १३०१ ( ईस्टा) करेला, टि एम एस जी १६०१ ( तान्या ) घेरौला, टि एम आर जि १६०२ (रुमी) घेरौला बालीको बारेमा पनि कम्पनीले अभिभुखिकरण गरेको थियो ।
सो अबसरमा त्रिमुर्ति प्लान्ट साइन्स कम्पनीको अनुसन्धान गरी बर्दियामा परिक्षण खेती सफल भइसकेको यामिनी १०२६ धानलाई अधिक्तम मात्रामा किसानहरु बीच बिक्रि गरेका तीन वटा एग्रोभेटका सञ्चालकलाई सम्मान पनि गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.