Division forest_Ads
Barista_Training

बारबर्दियामा नेपाली काँग्रेसका छविलाल थारु नगरप्रमुखमा विजयी

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दियाको बारबर्दिया नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका छविलाल थारु विजय हुनु भएको छ । भने नगर उपप्रमुखमा नेपाली काँग्रेस कै रत्नकुमारी पाण्डे विजयी हुनु भएको छ ।

थारुले थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी हुनुभएको बरबर्दिया नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईले जानकारी दिनुभयो ।

थारुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गर्नुभएको छ । यस अघि नगरपालिकाले नेतृत्व सम्हालेको पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुको पक्षमा ९ हजार एक सय ९ मत ल्याएका छन् ।
नगर उपप्रमुख पाण्डेकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउनु भएको थियो भने नेकपा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत प्राप्त गर्नुभएको छ ।

Basgadhi PSA_final


नगर प्रमुखमा विजयी हुनुभएका थारुले नगरको समग्रका विकासका लागि आफूले काम गर्ने बताउनु भयो । जननिर्वाचित भएपछि योजनावद्ध तरिकाले नगरको विकासमा अघि बढ्ने थारुको भनाई छ ।

को हुन् छविलाल थारु ?


बारबर्दिया नगरपालिका वडा नं. ६ का स्थायी बासिन्दा ५२ बर्षिय छविलाल थारु नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समिति सदस्य हुनुहुन्छ । विद्यार्थी जीवनकालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीति गर्नु भएका थारु २०५२ सालमा नेविसंघको बर्दिया जिल्ला कार्यसमिति सदस्यमा चयन हुनुभयो । महेन्द्र बहुमुमि क्याम्पस नेपालगञ्जबाट कानुनमा स्नातक (विएल) गर्नुभएका थारुले राजीनिती संगै कानून व्यवसायी को समेत काम गर्दै आउनु भएको छ ।

वडाध्यक्षमा को को विजयी भए ?

बारबर्दिया नगरपालिकाका ११ वटा वडा मध्ये ६ ओटा नेपाली काँग्रेस, ३ ओटा नेकपा एमाले र २ ओटा नेकपा माओवादीकेन्द्र पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । वडा नं १,२,३,४,८ र ९ मा नेपाली काँग्रेसका क्रमशः कैलासपती थारु, रामफेरन थारु, नन्दलाल थारु, सिताराम योगी, नरबहादुर चन्द र देवेन्द्र कुमार विष्ट विजयी भएका छन् । त्यसैगरी वडा नं ५,६ र १० मा नेकपा एमालेका क्रमश. लालबहादुर थारु, झगबहादुर वली र रणबहादुर चौधरी विजयी हुनुभएको छ । त्यसैगरी वडा नं ७ र ११ मा नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद थारु र विजय कुमार चौधरी विजयी हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.