bardiyahospital

गेरुवा गाउँपालिकामा पुनः केसी निर्वाचित

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जमानसिंह केसी विजयी हुनु भएको छ । भने उपाध्यक्षमा नेपालीकाँग्रेस कै लक्ष्मी कुमारी चौधरी विजयी हुनु भएको छ ।

अध्यक्ष केसीले ७ हजार ६ सय ९८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले ६ हजार ६ सय २० ल्याउनु भएको छ । भने नेकपा एमालेका भरत बहादुर धामीले एक हजार ८ सय ५१ मत ल्याउनु भएको छ ।

cld

उपाध्यक्ष पदको विजयी चौधरीले ७८ हजार एक सय ५३ मत ल्याउनु भएको छ भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५ सय ८३ मत ल्याउनु भएको छ । नेकपा एमालेकी उपाध्यक्षकी उम्मेदवार मञ्जु शर्माले दुई हजार दुई सय ४३ मत ल्याउनु भएको छ ।

२०७४ सालको स्थानीय चुनावमा गेरुवा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद नेपाली काँग्रेसले जितेको थियो । सो निर्वाचनमा पनि केसी निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी गेरुवा गाउँपालिकाका ६ ओटै वडामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । वडा नं १मा कर्मप्रसाद चौधरीले, वडा नं २ मा कृष्ण थारु, वडा नं ३ निर्मल चौधरी, वडा नं ४ मा महेन्द्र प्रसाद चौधरी, वडा नं ५ धर्मप्रकाश थारु र वडा नं ६ मा कृष्ण गोपाल चौधरी विजयी हुनुभएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.