Division forest_Ads
Barista_Training

बाघको आक्रमकणमा परी एक महिलाको मृत्यु

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया।
बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका २ कोठियागाउँकी कौशिका पाललाई बाख्रा चराउन जंगल गएको बेलामा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

Basgadhi PSA_final

डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो । बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया निकुञ्ज र भारतको कतरनियाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा बाघ हात्ती गैडा लगाएतका वन्यजन्तु ओहोरदोहोर गर्छन । केही बर्ष यता खाता जैविक मार्गको आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढ्दो छ । विगत् तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.