प्रकाश पौडेल
गुलरिया ।
कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक संस्थाले बर्दिया अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । सहकर्मी समाज नेपालले कोर्डएड नेदरल्यान्ड , इकोको सहयोगमा झन्डै नौ लाख रुपैयाँको स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरेको हो ।
कोरोना रोकथाम, जनचेतना र स्वास्थ्य सामाग्री सहयोग परियोजना अन्तर्गत “कोभिड- १९ आपतकालीन प्रतिकार्य नेपालले ” बर्दिया अस्पताल र जनस्वास्थ्य कार्यालय बर्दियालाई बिपी सेट , डिस्पोजिवल ग्लोव , भिनायल लगाएतका नौ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे सहकर्मी समाजका जिल्ला कार्यक्रम संयोजक नारायण लम्सालले जानकारी दिनुभयो ।
बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुभाष पाण्डेले सहकर्मी समाजले अहिले आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री प्राप्त भएको बताउनु भयो । साथै आगामी दिनमा पनि सहकार्य र सहयोग गरेर अगाडी बढ्ने बताउनु भयो । मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले सहकर्मी समाज नेपालले कोभिड -१९ जोखिमलाई नियन्त्रण गर्नका निम्ति विभिन्न खालका सहयोग पहिला पनि प्राप्त भएको थियो र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन अनुरोध गर्नु भएकाे छ ।