गुलरिया ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा बर्दिया (फेकोफन, बर्दिया) ले २७ औँ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । नगरस्तरीय सामुदायिक वन उपभोक्ता महासंघ विच गराईएको हाजिरी जवाफ प्रतियोगितामा गुलरिया नगर महासंघ प्रथम भएको छ ।
त्यसैगरी द्धितियमा बढैयाताल गाउँ महासंघ र तृतियमा मधुवन नगर महासंघ हुन सफल भएका छन् । हाजीरी जवाफ प्रतियोगीतामा बर्दिया जिल्लाका ५ ओटा नगर महासंघ सहभागी भएका थिए । प्रतियोगीतामा प्रथम हुनेलाई दुई हजार, द्धितियलाई एक हजार पाँच सय, तृतियलाई एक हजार र सान्तवना हुने सहभागी महासंघहरुलाई पाँच÷पाँच सय नगद पुरुस्कार दिईएको थियो ।
प्रतियोगीताको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले विग्रिसकेको र मासिएको वनलाई संरक्षण गरेर सामुदायिक वनका उपभोक्ताहरुले संसार मै नमुना योग्य काम गरेको बताउनु भयो । स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख विडारीले डिभिजन वनको र सामुदायिक वन उपभोक्ता महासंघको उद्देश्य एउटै भएको बताउनु भयो । उहाँले भन्नु भयो–‘हाम्रो शक्ती भनेकै सामुदायिक वनका उपभोक्ताहरु हुन्।’
फेकोफन बर्दियाका अध्यक्ष शर्मा चौधरीले सामुदायिक वन उपभोक्ता महासंघको स्थापना २०५२ साल जेठ १८ गते भएको बताउनु भयो । उहाँका अनुसार बर्दियामा २०५४ सालमा स्थापना भएको थियो । सामुदायीक वन र वन संरक्षण सँग सम्बन्धीत जानकारी आदानप्रदान गर्नका लागि हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरीएको हो । प्रतियोगीताको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु तिमल्सिना ,प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ प्रसाद सापकोटाको जिल्ला महासंघका पदाधिकारी लगाएतकाको उपस्थीतीमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सामुदायीक वनका अभियन्ता भुमिराज लामिछानेले गर्नु भएको थियो भने स्वागत मन्तव्य फेकोपन बर्दियाका जिल्ला सदस्य नन्दबहादुर खत्रीले गर्नु भएको थियो ।