bardiyahospital

मौलिक हकलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउने

Geruwa GIF

मानबहादुर चौधरी
बढैयाताल ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले आगामी आर्थिक बर्ष २०७९÷८० योजना निर्माण तथा बजेट विनियोजन गर्दा संवैधानिक रुपमा सुरक्षित मौलिक हकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

औनपचारीक सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समुहको आयोजनामा बढैयाताल गाउँपालिका–६ मैनापोखरमा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष अधिकारीले सो कुरा बताउनु भएको हो । शिक्षा, स्वास्थ्य, खाद्य र आवास, मौलिक हक भएकाले यसको संरक्षण र योजनाबद्ध कार्यान्वयन गर्ने ठाउँमा आफुलाई जनताले पु¥याएकोले त्यसप्रति जहिले पनि प्रतिवद्ध भएर लाग्ने पनि उहाँले बताउनु भयो ।

cld

कार्यक्रममा मानवअधिकार समुहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवाललाई पुरा गर्न माग गर्दै पालिका उपाध्यक्ष अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, आवासको क्षेत्रमा पालिकाबाट भएका कार्यक्रम र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा सम्बन्धीत शाखाका प्रमुख तथा प्रतिनिधीहरुले जनकारी गराउनु भएको छ ।

कार्यक्रममा सहभागिहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएर बजेट बिनियोजन गर्न माग गरीएको थियो । मानव अधिकार निगरानी समुहका संयोजक हरि बहादुर घर्तीले आफुहरुले जनप्रतिनिधी र सम्बन्धीत निकायलाई नागरिकहरुको दैनिक जनजीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवाल पहिचान गरी निरन्तर वकालत गर्दै आएको र गरिरहने बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.