bardiyahospital

सन्दीप लामिछानेलाई अफ्रिका पठाउने क्यानको तयारी

Geruwa GIF

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका गएको थियो । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण मंगलबार दक्षिण अफ्रिका भ्रमणमा समावेश गरिएको थिएन ।

cld

अदालतमा सन्दीपको मुद्दा पेसी असार २९ गतेसम्म सरेकोले सन्दीपलाई सोमबारसम्म दक्षिण अफ्रिका पठाउने तयारी गरिएको क्यानले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक मोन्टी देसाई पनि जानुभएको छैन । अमेरिकामा रहनुभएका देसाईको त्यहाँबाट भिषा नलागेपछि भारतबाट भिषा प्रक्रिया पूरा गरेर अफ्रिका जान लागेको क्यानले जनाएको छ ।

जिम्बाबेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरेको हो । दक्षिण अफ्रिकामा नेपालले अभ्यास खेल समेत खेल्नेछ ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २०७९ पुस २८ गते  उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले  सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले  सन्दीपलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा  २०७९ भदौ २१ गरे बलात्कारको जाहेरी दिएकी थिइन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.