bardiyahospital

भारतमा हिन्दी र नेपालमा नेपाली भाषामै ‘परस्त्री’ प्रदर्शन हुने

Geruwa GIF

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भइरहेको छ।

केहीदिन मुम्बईमा सिनेमाको प्रचार-प्रसार गरेको निर्माण टिम सोमबार भारतको राजधानी दिल्ली पुगेको हो।

cld

निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो। जहाँ सिनेमाको कथावस्तुमाथि चर्चा गरिएको थियो। दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सिनेमा हेर्न नेपालमा मात्रै नभई भारतामा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए।

साथै निर्देशक पाण्डेले पत्रकारसँग ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन्।

यस्तो कथामा अहिलेसम्म नेपालमा सिनेमा नै निर्माण नभएको भन्दै सिनेमाको प्रिजेन्टेसन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए। दिल्लीमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करिअर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन्। उनले अवसर पाएको खण्डमा आफु बलिउड सिनेमामा समेत काम गर्न तयार रहेको बताइन्।

अभिनेत्री गौरव बिष्टले ‘परस्त्री’ जस्तो सिनेमामा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए। उनले भारतीय दर्शकलाई नेपाली सिनेमालाई पनि बलिउड सिनेमा जत्तिकै माया गरिदिन आग्रह गरे। यता सिनेमाकी निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को सिनेमा पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन्।

यसैबीच मंगलबार निर्मात्री पाण्डेले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन्। नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन्।

नेपालमा भारतमा एकसाथ रिलिज हुने भएकाले पनि सिनेमाप्रति दर्शकको अपेक्षा र हाइप उच्च छ। विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन्।

सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ। दीपेन्द्र के खनाल सिनेमाका निर्माता तथा लेखकसमेत हुन्।

सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.