
मुकुन्द सुवेदी,
बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीनदीको बाढीबाट प्रभावितराजापुर र गेरुवा क्षेत्रकानागरिककालागितत्काल राहातकार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

बाढीप्रभावित क्षेत्रको निरीक्षणका लागिआज राजापुर आइपुग्नु भएकाप्रधानमन्त्री देउवाले बाढीबाट सबैभन्दाप्रभावितभएको यस क्षेत्रकानागरिककालागिआफूहरुले तत्काल राहात र विशेष प्याकेजको कार्यक्रमल्याउने जानकारी दिनुभयो ।
बाढी पीडित नागरिकहरुको अवस्थाबुझ्न आफूहरु आएको र काठमाडौं पुगेपछि दीर्घकालीनकार्यक्रम र योजनाबनाउनेप्रधानमन्त्री देउवाको भनाई छ । उहाँले मन्त्री मण्डलको आकस्मिक वैठक बसी दीर्घकालिन योजनाबनाएर कर्णालीनदीव्यवस्थापनको लागि स्थायी तटबन्ध बनाई पहल गर्ने बताउनु भयो ।
बाढीबाट मात्रनभई बन्यजन्तु बाट समेत मानवीयक्षतीव्यहोरिरहेको बर्दियाकालागि छुट्टै विशेष कार्यक्रमल्याउने उहाले बताउनु भयो ।
कैलालीको बाढी प्रभावित क्षेत्रको निरिक्षण पश्चातप्रधानमन्त्री देउवा सहित अर्थमन्त्रीजनार्दजन शर्मा, संस्कृतितथानागरिक उड्यनमन्त्री प्रेमबहादुर आले लगायत राजापुर आइपुग्नु भएको थियो ।


