bardiyahospital

स्वास्थ्य क्षेत्रमामा राज्यले पर्याप्त लगानी गर्न सकेन : सासद चौधरी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । लुम्बिनी प्रदेश सासद भुवनेश्वर चौधरीले स्वास्थ्यमा राज्यले पर्याप्त मात्रमा लगानी गर्न नसकेको बताउनु भयो । बर्दिया अस्पतालको वार्षिक समिक्षा गोष्ठिमा सासद चौधरीले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा बाेल्दै सांसद चौधरीले स्वास्थ्य उपचार मर्ने र बाँच्ने विषयसँग जोडिएकोले संचेत भएर उपचार गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि उपचार गर्न धेरै मानिसहरु भारतको बालेगाँउ, लौकाही बजार, चितलहवा जाने गरेका छन् । बलेगाँउ, लौकाही बजार, चितलहवामा हाइडोजको औषधी दिने हुदाँ बिरामीलाई तुरुन्त सन्चो भएको जस्तो हुने हुँदा उता उपचार गर्न जाने धेरै छन् । यसलाई रोक्न चेतना मूलक कार्यकम गर्न आवश्यक छ ।’

cld

लुम्विनी प्रदेश सासद मालती सोडारीले अस्पतालमा पर्याप्तमा भौतिक पूर्वाधार नहुदाँ बिरामी भुईमा उपचार गर्न बसेकोे आफू प्रत्यक्ष देखेको बताउनु भयो । उहाँले बर्दिया अस्पतालको स्तर उन्नती हुन पर्ने विषयमा संसदमा पटक पटक आवाज उठाएको बताउनु भयो । उहाँले अस्पतालमा आइसियु सहित भेन्टिलेटर तत्काल उपलब्ध गराउन प्रदेश सरकार माग गर्ने आग्रह गर्नु भयो ।
अस्पतालको सेवा पहिला भन्दा धेरै सुधार आएको छ । तर पनि यो नै पर्याप्त नहुने भएकोले अस्पतालको विकासको लागि आफू निरन्तर लाग्ने सासद सोडारीको भनाई छ । बर्दियाका सम्पूर्ण सांसद एकजुट भएर लागे बर्दिया अस्पतालको विकासको लागि पर्याप्त मात्रामा बजेट हुन सक्ने दावी गर्नुभयो ।

बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेडन्डेट डाक्टर सुभाष पाण्डेले गत आर्थिक वर्ष २०७९÷०८०मा १ लाख १५ हजार ७ सय १८ जनाले, आर्थिक वर्ष २०७८÷०७९मा १ लाख ७ हजार ७ सय ७८ जनाले, आर्थिक वर्ष २०७७÷०७८ मा ४६ हजार ९ सय ७९ जनाले अस्पताबाट सेवा लिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वार्षिक रुपमा सेवा लिन आउनेको संख्या बढ्दै तर ओपिडी , जनरल वार्ड इमरजेन्र्सी सानो भएको छ । अस्पतालले ५० शैया बेडको अनुमति प्राप्त गरेको छ । अस्पतालमा भर्ना हुनेको संख्या बढी छ ।’ अस्पतालमा १२६ शैया तयार भएकोले १०० शैयाको अस्पतालको अनुमति र जनशक्ति भए १०० शैयामा नै अस्पताल चलाउने सकिने उहाँको भनाई छ ।

बर्दिया अस्पतालका अध्यक्ष नारायण गौतमले योजना बनाएर अस्पताललाई दीर्घकालीन रुपमा विकास गर्न जरुरी रहेको बताउनु । उहाँले भन्नुभयो, ‘भौतिक संरचना र जनशक्ति अभाव हुदाँ समस्या भोग्नु परेको छ । अस्पतालको स्तर उन्नती गर्ने, सेवा थप गर्न, जनशक्ति व्यवस्थापन गर्न प्रदेश सांसदले भूमिका रहने छ ।’ उहाँले प्रदेश सासद अस्पतालको विकासमा सहयोग गर्न पर्ने आग्रह गर्नु भयो ।
अस्पतालमा स्वास्थ्य उपचार गराउन आउने बिरामीको संख्या वृद्धि भएसँगै भौतिक संरचना र जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालमा मेडिसियन विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ , मानसिक रोग विशेषज्ञ, लगायतको जनशक्तिको आवश्यकता रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.