
कृष्णसार अनलाइन । बर्दियाको बारबर्दिया नगरपालिका, ६ मनिकापुरमा रहेको मनिकापुर सामुदायिक वन उपभोक्ता समूहले वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ गरेको छ ।शनिबार मनिकापुर सामुदायिक वन उपभोक्ता समूहले १९ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बर्दियाका अध्यक्ष गोपाल चौधरीले सामुदायिक वनको संरक्षण, व्यवस्थापनमा गर्न सामुदायिक वनका सदस्य भूमिका महत्त्वपूर्ण भएको बताउनु भयो । उहाँले वन जोगाउने काम सामुदायिक वन उपभोक्ताले गरेको हुँदा वन पैदावारको उपयोग गर्ने पहिलो अधिकार उपभोक्ता हुने बताउनु भयो ।

सार्वजनिक सुनुवाइ मार्फत समूहको आयव्यय र सामुदायिक वनमा भएको गतिविधि तथा आगामी योजनाबारे मनिकापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलाधर शर्माले जानकारी गराउनु भएको थियो ।
नेपालको सामुदायिक वन जोगाउन सामुदायिक वन उपभोक्ता समूहको महत्त्वपूर्ण योगदान रहेको छ । स्थानीय उपभोक्ताको सहभागिता र निगरानीले वन संरक्षण, व्यवस्थापन भएको हो ।



