bardiyahospital

नागरिकलाई स्वास्थ्य बिमासँग जोड्नु पर्छ : स्वास्थ्य मन्त्री खनाल

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नागरिककोे आर्यस्रोत कम भएकोले प्रत्येक नागरिकलाई स्वास्थ्य बिमासँग जोड्नु पर्ने बताउनु भयो । नवनिर्मित आवास भवनको उद्घाट्न तथा अस्पताल अनुगमन कार्यक्रममा मन्त्री खनालले सो कुरा बताउनु भएको हो ।

मन्त्री खनालले कम आर्यस्रोत भएको नागरिकको स्वास्थ्य बिमा गर्दै सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय उपचार गर्ने व्यवस्था मिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनु भयो ।

cld

कार्यक्रम बोल्दै मन्त्री खनालले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएको हो । स्वास्थ्य दिनानुदिन महङ्गो हुदै गएको छ । त्यसकारण सरकारी स्वास्थ्य संस्थालाई राम्रो बनाएर स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागेको छ । ’

प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ । डाइलासिस सेवा सञ्चालन गर्न आवश्यक पर्ने डाइलासिस मेसिन र नर्स पठाएकोले तत्काल सेवा सुरु हुने मन्त्री खनालले बताउनु भयो । उहाँले अनुगमन गर्दा अस्पतालमा पर्याप्तमा बेड रहेको पाएको सञ्चालनमा नरहेका बेड सञ्चालन गर्न आवश्यक जनशक्ति र मेसिन प्रदेश सरकारले उपलब्ध गराउने प्रतिवद्धता गर्नु भयो ।

उहाँले बर्दिया अस्पतालमा कोभिड –१९ मा धेरै स्रोत साधनको व्यवस्थापन भएको तर त्यसको प्रयोग हुन नसकेको भन्दै मन्त्री खनालले चिन्ता व्यक्त गर्नु भयो । उहाँले जनशक्ति अभाव हुन नदिन प्रदेश लोकसेवा आयोगको माध्यमबाट जनशक्ति परिपूर्ती गर्दै जाने मन्त्री खनालले बताए ।

त्यसैगरी कार्यक्रममा स्वास्थ्य सचीव डाक्टर जनार्दन पन्थीले प्रदेश सरकार जनशक्ति व्यवस्थापन गर्ने तयारीमा रहेकोले ढिलो चाँडो जनशक्ति व्यवस्थापन हुने बताउनु भयो । उहाँले अस्पतालको स्तर उन्नती गर्ने विषय प्राविधिक विषय भएकोले अस्पतालको अनुगमन लगायत अन्य संरचनाको अध्ययन गरेपछि मात्र शैया थपकोे लागि अनुमति दिन सकिने बताउनु भयो ।
बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले बिरामीको चाप बढेसँगै अस्पतालमा जनशक्ति, भौतिक संरचना अभाव हुन थालेको बताउनु भयो ।

उहाँले औषधी भण्डारण कक्षको आवश्यकता रहेको बताउनु भयो । उहाँदले डाईलासिस सेवा सञ्चालन गर्न लागि प्रदेश सरकारले बजेटको व्यवस्थापन र चिकित्सक र नर्सलाई तालिम दिनुभयो बताउनु भयो ।

अस्पतालमा ओ.पि.डी. ईमरजेन्र्सी भवनको अभाव भएकोले ५ करोड १३ लाख रुपैयाको भवन निर्माणमका लागि बजेट व्यवस्थापन गरिदिन वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले स्वास्थ्य मन्त्री र सचीबसँग आग्रह गर्नुभयो

त्यसैगरी अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले अस्पताललाई ५० शैयाबाट स्तर उन्नती गरी १ सय शैयाको अस्पताल बनाउन प्रदेश सरकारका मन्त्री तथा सचीवसँग अनुरोध गर्नुभयो । उहाँले अस्पतालमा शैया थप गरी नर्सिङ, फार्मेसी, लगायतको विषय पढाउने योजना भएकोले यसका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोडदिनु भयो ।

बर्दिया अस्पतालमा उपचार गर्न आउनेको संख्या बढ्दै गएपछि भौतिक संरचना, जनशक्ति, बेड, मेसिन लगायतको समस्या अस्पतालले भोग्दै आएको छ । भने अस्पतालमा आइसीयु÷ एचडियुको संरचना र डाइलासिस मेसिन भएपनि दक्ष जनशक्ति नहुदाँ सञ्चालन हुन सकेको छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.