bardiyahospital

दश बुँदे माग राख्दै अनेरास्ववियुले बुझायो क्याम्पस प्रमुखलाई ज्ञापन पत्र

Geruwa GIF

बर्दिया (गुलरिया) । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बबई बहुमूखी क्याम्पस कमिटीले विभिन्न मागहरु राख्दै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु बबई बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण सिग्देलको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले विभिन्न १० बुँदे माग राख्दै क्याम्पस प्रमुख विरेन्द्रराज लम्साललाई ज्ञापन पत्र बुझाएको हो ।

cld

ज्ञापन पत्रमा नियमित रुपमा क्याम्पस नआउने, क्याम्पस नआएको दिनको पनि अर्को दिन हाजिर गर्ने, क्याम्पस आएपनि नपढाउने र विद्यार्थीलाई यो आफै पढ्नु भनि रेजा (टिक) लगाइदिने प्रध्यापकहरुलाई कार्वाही गर्नुपर्ने, लेखा तथा प्रशासन शाखा विहानको समयमा पनि खोल्नु पर्ने, पुस्तकालयमा आवश्यक पाठ्य पुस्तकहरु उपलब्ध गराउनु पर्ने, तत्काल छात्रावृत्ति वितरण गर्नुपर्ने लगायतका १० बुँदे मागहरु रहेका छन् ।

ज्ञापन पत्रमा उल्लेखित मागहरु तीन दिन भित्र पुरा गर्न अनेरास्ववियुले अल्टिमेटम समेत दिएको छ । तीन दिन भित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने क्याम्पस कमिटीका अध्यक्ष सिग्देलको भनाई छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.