bardiyahospital

हिमालको आवाज

कविता

Geruwa GIF

-डा. दामोदर पुडासैनी किशोर

 हिउँ वर्षदा तिम्रो याद पनि वर्षन्छ

cld

कुहिरो हिँडिरहँदा झन् फैलन्छन् तिम्रा यादहरू

 बताससँगै तिमीले नै स्पर्श गरिरहेझैँ लाग्छ 

हरेक बिहान 

जब अँगालो हाल्दै आइपुग्छ 

मायाको रोटीजस्तो एउटा सुकोमल घाम

 त्यतिबेला घामलाई नै पोको पारेर

 तिम्रो पोल्टो भरिदिउँ जस्तो लाग्छ 

जानेहरू बिस्तारै नदी बनेर गइरहेको देख्छु

आउनेहरू बिस्तारै बादल बनेर 

उँभो लागेको देख्छु 

आउनेहरू जानेहरू जो सुकैले पनि 

बिस्तारै तिमीले जस्तै छोइ दिउँन् जस्तो लाग्छ 

व्यर्थ छन् पूजा थाली ,निरर्थक छन् धुप अबिर 

बेकाम छन् भजन मण्डली ,बेकार छन् नैबेद्यहरू

तिम्रो जीवनको उपस्थिति नै सँसारको लागि महान उपलब्धि हो 

उपहारको नाममा तिमीले समय उपहार दिए हुन्थ्यो झैँ लाग्छ

 

छातिमा घाउ छ ,म भन्दिन 

गीतमा बिरह छ ,म भन्दिन

 टनकटनक दुखेका 

उगुज पल्टेका घाउहरू छन् मान्छेका मन भरिभरि

 तिमी आऊ,तिमी आएपछि अरू पनि 

कोही आउँनै पर्छ म भन्दिन

 एक टुक्रा नीलों आकाश 

निलै पार्न खोज्छ मेरो मनलाई

 तिम्रो अन्तिम सिमानाबाट छुटेको हावा

 नाघ्न खोज्छ मेरो अन्तिम उचाईलाई 

म तिमीमाथि आस्था चुलिनु पर्छ भन्छु 

ईश्वर उभिनुपर्छ भन्दिन

online dubble sclaed
Leave A Reply

Your email address will not be published.