bardiyahospital

कर्णाली

कविता

Geruwa GIF

– राजेन्द्रप्रसाद धिताल ।

 

कर्णाली ! 

cld

बग्दैबग्दै हिमशिखरहरुबाट

झरनाहरू, छहराहरू 

खोलाहरू, खहरेहरु

छातीमा ,पिठमा बोक्दै 

साना ठूला नदीहरूलाई 

आफूभित्र समाहित गर्दै

 अलिकति रुक्दै

हिमालका कोखहरुमा 

अलिकति रुक्दै 

पहाडका खोँचहरूमा

ठाउँठाउँमा

 ससाना रमणीय

फाटहरू बनाउदै 

सुन्दर उपत्यकाहरू बनाउदै 

चुरे पर्वतका

 हरिया थुम्काहरू छिचोल्दै

 तिमी मैदानमा आइपुगेकी छ्यौ । 

कर्णाली !

 यहाँ मैदानमा

 म हेरिरहेको छु 

तिमी फैलिएकी छर्यौ 

छालहरू छचल्किएका छन् 

प्रकट भएको छ

 तिमीभित्रको विराट मातृत्व 

र त्यसैले तिमी 

तराईको यो विशाल मैदानमा

 दुई फ्याक भएर च्यातिएकी छ्यौ 

दुई भँगालामा बाँडिएकी छ्यौ 

र आफ्नो गर्भबाट 

एक सुन्दर थात जन्माएकी छ्यौ

सुन फल्ने फाट जन्माएकी छ्यौ

म त्यही फाटको सिरानमा छु

 म भौँरा टापुमा छु 

कर्णाली ! 

म तिम्रो कोखबाट जन्मेको

गेरुवामा छु 

इन्टेकमा छु 

म हरदम तिम्रो काखमा छु।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.