bardiyahospital

चराहरूझै उडिरहन्छन् 

कविता

Geruwa GIF

_अमृत शर्मा ढकाल

चराहरूझै उडिरहन्छन् सपना मेरा कता -कता

cld

बादलभित्र छन् कि लुकेका उदास मनका उदासी कथा । 

 

रातजस्तै अँध्यारा हुन्छन्, हावाजस्तै निष्ठुरी हुन्छन् 

यादका पनि मान्छेका जस्तै कति कति मजबुरी हुन्छन्

 भत्किरहेको किनार पनि सोच्दो हो- बग्दै छु म भनी 

छालहरू सरिरहन्छ छातिभरि – भरि दुखे पनि 

जलेका रहर, झरेका आँसु ढलेका आशा छन् जताजता 

बादलभित्र छन् कि लुकेका उदास मनका उदासी कथा ।

 

 बिहानी आउँछ, दिएर जान्छ छटपटीको एक पोको नासो 

आएर दिनमा टोलाइरहन्छ ओठमा एउटा अजनबी हाँसो 

तस्वीर बनाउँछु आँखामा जसको पोतेर मुटुको रगतले रङ्गिन

 उडेर जान्छ खै कताकता बस्दैन मेरा आँखामा एकछिन कहाँ

 छ कहाँ जीवनको मन्जिल खोजेर हिंडूं म कताकता 

बादलभित्र छन् कि लुकेका उदास मनका उदासी कथा !! 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.