bardiyahospital

माइती नेपालले बुझायो ज्ञापन पत्र

Geruwa GIF

 

कृष्णसार अनलाइन। माइती नेपालले स्वदेश फिर्ति कार्यविधि कार्यावन्यन हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

माइती नेपालले मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध कृयाशिल रहदै न्यायपूर्ण र विभेद रहित समाज निर्माणमा महत्वपूर्ण योगदान पुराएको गैर सरकारी सामाजिक संस्था हो ।
माइती नेपालले मानव वेचबिखन, जवरजस्ती करणी, यौनजन्य हिंसा र महिला हिंसालाई न्यूनीकरण गर्न न राज्यका विभिन्न निकायहरुसंग सहकार्य, समन्वय र छलफल गर्दै आएको छ । भने मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

cld

माइती नेपालले नेपाल भारत सीमा नाकाहरुमा विभिन्न समयमा सीमा नाकाहरुमा कार्यरत भारतीय सुरक्षा निकायहरु, नेपाल सरकारका सुरक्षा निकायहरु तथा यस विषयसंग सरोकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसंग सहकार्य तथा समन्वय गर्दै काम गरिरहेको माइती नेपालकी कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो ।उहाँले नेपाल भारतको सीमा नाका भएर भारतका शहरहरुमा गैर कानूनी तरिकाले मानव बेचविखन तथा ओसारप्रसारबाट पीडित प्रभावित नेपाली नागरिकहरुको उद्धार तथा स्वदेश फिर्ति प्रकृयामा भएको अस्पष्टता बारेमा माइती नेपालले पटक पटक बिषय उठान गर्दा समेत पूरा नभएको बताउनु भयो ।

माइती नेपालले विभिन्न जिल्लामा “मानव बेचविखनबाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति र सामाजिक लागि “मानक संचालन कार्यविधि” (Standard Operating Procedure) हस्ताक्षर अभियान संचालनमा ल्याई उक्त कार्यविधि अविलम्ब कार्यन्यन गर्नका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदै जिल्लामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति मार्फत नेपाल सरकारसँग “स्वदेश फिर्ति कार्यविधि” कार्यावन्यन गराउन देशव्यापी रूपमा कार्यक्रम गरिरकेकोकार्यकम संयोजक रिमाल जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.