bardiyahospital

सुकुम्बासी, तथा अव्यवस्थित काम अगाडी बढेका छ – आयोगका अध्यक्ष राठौर

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा रहेका  भूमिहीन  सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने गरी आयोगले काम अगाडी बढाएको भूमि समस्या समाधान आयोगका अध्यक्ष अरुणप्रकाश सिंह राठौरले बताउनु भएको छ । मङ्गलबार गुलरियामा सरोकारवाला निकायसँग भएको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

 भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्नका लागि सहयोग तथा सुझाव सङ्कलनका लागि जिल्ला समन्वय समिति तथा पालिका प्रमुख तथा उपप्रमुख , प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल लगायतसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

cld

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष राठौरले आयोगले  भूमिहीनलाई भूमिको मालिक बनाउने गरी काम गर्न चाहेको बताए । उनले भने, ‘ आयोगले भूमिहीनको समस्यालाई सदाको लागि समाधान गर्ने गरी काम गर्न चाहेको छ । विगतमा बनेका आयोग जस्तै समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले अन्तरक्रिया गरिएको हो । सरोकारवालाका निकाय सहयोगमा भूमिहिनलाई भूमिको मालिक बनाउन सकिन्छ । त्यसकारण पनि सबैको सहयोग आवश्यक रहेको छ ।’

अन्तरक्रिया कार्यक्रममा  बाँसगढी नगरपालिका नगरप्रमुखले पालिकामा नापनक्साको काम अगाडी बढेको हुँदा जग्गाको लाजपुर्जा वितरण गर्न आयोगसँग आग्रह गरे । उनले भने,‘पालिकाले धेरै पटक सूचना प्रकाशन गरेर काम अगाडी बढाएको छ । अब नापी कार्यालयले कर्मचारी खटाएर काम अगाडी बढाउनु पर्छ ।’
गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले गेरुवा गाउँपालिका मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकोले त्यहाँ बसोबास गर्ने नागरिकलाई कसरी जग्गाका दिने भन्ने प्रस्ट हुनुपर्ने बताए । उनले भने,‘ आयोगले मध्यवर्ती क्षेत्रमा कसरी जग्गाको वितरण गर्ने भन्ने प्रस्ट पारिदिनु पर्छ । कानुनी जटिलताका कारण पनि जग्गा वितरण गर्न समस्या हुन सक्ने कुरालाई ध्यानमा राखेर सरकारले पनि सोही अनुसारको कानुन ल्याउन जरुरी रहेको छ । 

बर्दियामा ७ हजार ३ सय ६२ भूमिहिन सुकुम्बासी, ४ हजार ९ सय ५५ भूमिहीन दलित तथा  ३१ हजार ५ सय ८३ जनाले अव्यवस्थित बसोवासी लागि आयोगमा निवेदन परेको आयोगका सदस्य रामकृष्ण चौधरीले जानकारी दिनुभयो । 

बर्दियामा २०४७ साल अहिलेसम्म १९ वटा आयोग बनेका छन् । भने यस अधि बनेका आयोगले खासै काम गर्न सकेका छैनन् । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.