bardiyahospital

शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने प्रयास -सांसद  गैरे 

Geruwa GIF

काठमाडौँ । नेकपा एमाले तर्फबाट विशेष समय लिएर बोल्दै सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई  चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताउनु भयो ।  

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद  गैरेले शिक्षक जस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताउनु भएको हो । 

cld

उहाँले भन्नुभयो, ‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ । आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.