bardiyahospital

आठ महिनाअघि नै सडक निर्माण सम्पन्न

Geruwa GIF

गुलरिया। हुलाकी सडक अन्तर्गत गुलरिया – नेपालगन्ज खण्डको निर्माण सम्पन्न भएको छ । निर्माण कम्पनीले आठ महिनाअगावै सडक निर्माण सम्पन्न गरेको हो ।

वि‍.सं २०७९ भदौ २६ गते भ्याट रकमसहित करिब तीन अर्ब १५ करोड रुपियाँको लगानीमा सडक निर्माणका लागि शर्मा एन्ड कम्पनीसँग निर्माण सम्झौता भएको थियो । २०५२ मङ्सिर २७ गतेसम्म निर्माण गर्ने गरी सम्झौता भए पनि आठ महिनाअगावै २०८१ चैतसम्ममा मुख्य सडक निर्माण सम्पन्न भएको हो । हुलाकी सडक आयोजनाले सडकको ९५.२२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । हाल सडकमा पेन्ट गर्ने, सङ्केत चिह्न राख्ने र डिभाइडरमा वृक्षरोपण गर्ने काम भइरहेको छ ।

cld

सम्झौता भए अनुसारको ९० प्रतिशत सडक निर्माण भइसकेपछि वा सडक निर्माण भएर गाडी गुड्ने अवस्थामा पुगिसकेपछि हस्तान्तरण पत्र जारी गर्न सकिने अवस्था छ । हुलाकी सडक आयोजनाका प्रमुख लीलाबहादुर भण्डारीले सडकको निर्माण अवधि सकिएर मर्मतसम्भार अवधि सुरुभइसकेको बताउनुभयो ।

आगामी चैत मसान्तसम्म सडक भत्किएमा खाल्डाखुल्डी भएमा वा बिग्रिएमा निर्माण कम्पनीले मर्मत गर्ने छ । गुलरिया – नेपालगन्ज सडकखण्डमा करिब १२ किलोमिटर चार लेन र करिब १६ किलोमिटर डेडिकेटेड डबल लेन सडक निर्माण गरिएको छ । १२ किलोमिटर चार लेन सडकमा दुवैतर्फ नौ/नौ मिटर र डेडिकेटेड डबल लेनमा नौ मिटर चौडाइको कालोपत्रे गरिएको छ । चार लेनको सडकमा बिचमा बगैंचा, छेउमा फुटपाथ र नालीसमेत निर्माण गरिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.