
डाक्टर विजय ज्ञवाली । एउटा जङ्गलमा २ वटा खरायो थिए । एउटाको नाम तातु तातु र अर्कोको नाम पापु पापु थियो । तातु तातु बुद्धिमान थियो तर शारीरिक रुपमा कमजोर थियो । पापु पापु भने अली मूर्ख थियो तर शारीरिक रुपमा बलियो थियो । तातु तातु सित धेरै बल नभएता पनि उ हरेक कामलाई सोच बिचार गरेर बुद्धिको प्रयोग गरेर गर्ने गदथ्यो । । पापु पापु चाँही सबै काम मुढे बलको प्रयोग गरेर गर्ने गदथ्यो । । हरेक काम हतार हतार गर्ने उसको बानी थियो ।
उक्त जङ्गलको राजा सिंह गुन गुन केही दिन देखी बिरामी थिए । उनी राजकाजमा सहयोग हुने गरी आफ्नो उत्तर अधिकारीको खोजी गर्दै थिए । तसर्थ उनले जङ्गल भरीका जनावरहरूलाई काग हुलाकी कुकु कुकु मार्फत एउटा सन्देश पठाए । राजाले आफ्नो उत्तराधिकारी छनोटको लागि परीक्षा लिने र उक्त परीक्षामा उत्कृष्ट हुनेलाई उत्तराधिकारी छान्ने भएकोले इच्छुक जो कोही पनि दरबारमा परीक्षामा उपस्थित हुन अनुरोध छ भनेर हुलाकी कुकू कुकूले जङ्गल भरी सन्देश सुनाए ।

जंगल भरि कुकू कुकूले यो खबर सुनाउँदा तातु तातु र पापु पापुले पनि यो खबर सुने । राजाको उत्तराधिकारी बन्ने यो अवसरमा दुवैले भाग लिने भनेर राजाको दरबार तिर लागे ।गुन गुनको दरबारमा धेरै धेरै पर परबाट पनि उत्तराधिकारी बन्न भन्दै बिभिन्न जनावर आएका थिए । गुन गुनले सबैको बिभिन्न तरिकाले परीक्षा लिँदै थिए तर उनले खोजे जस्तो उत्तराधिकारी पाएका थिएनन् । यसै क्रममा तातु तातु र पापु पापुको पालो आयो ।
गुन गुन राजाले दुवैलाई राखेर भने आज बिहान मेरो राज पोखरीमा यो राज्यको एउटा सिक्का हरायो । तसर्थ तिमीहरू तुरुन्त गएर त्यो पोखरीबाट सिक्का खोजेर आओ । उक्त सिक्का भेटे पछि त्यो तुरुन्त राज्य कोषमा जम्मा गर्नु ्र यो कुरा सुनेर तातु तातु र पापु पापु तुरुन्त पोखरी तिर लागे ।
पोखरी पानीले भरिएको थियो । दुबै सुरुमा डुब्दै सिक्का खोज्न थाले । शारीरिक रुपमा कमजोर तातु तातु एकछिनमा थाक्यो । यो देखेर पापु पापु मन मनै खुशी भएर सिक्का खोज्न थाल्यो । यता तातु तातु कसरी यो परीक्षामा बुद्दी प्रयोग गर्न सकिन्छ भन्ने सोच्न थाल्यो र दरबारबाट निस्कियो ।
केही घण्टा पछि तातु तातु दरबारमा उपस्थित भएर गुनगुन राजाको अगाडी गएर भन्यो । राजा मैले राज्यको सिक्का खोजेर ल्याएको छु । लौ लिनुस् यो सिक्का । यसलाई राज्यको कोषमा जम्मा गर्नु होला । यो कुरा सुनेर दरबारमा खैला बैला मचियो । सबै जना गुनगुन राजाको अगाडि जम्मा भए । पापु पापु पनि हतार हतार राजाको अगाडि आयो । पोखरीमा एक्लै सिक्का खोज्दै गरेको पापु पापु आश्चर्य चकित भएको थियो गुनगुन राजाले तातु तातुलाइ सबै कुरा विस्तारमा भन्न भने । त्यसपछि तातु तातुले भन्यो हे राजा हजुरले राज्यको सिक्का हराएको र पोखरीमा हराएको भने पछि मैले पोखरीमा खोज्ने प्रयास गरे । तर पोखरी ठुलो र पिधमा हिलो भएकोले सिक्का खोज्न घन्टौँ लाग्ने देखियो ।
यसबाट राज्यको पोखरीको सुन्दरता पनि बिग्रिने देखियो । तसर्थ म बाहिर गएर एउटा किसानसँग केही अन्न किने र अर्को राज्यमा गएर उक्त अन्न केही नाफा लिएर बेचे । त्यो सिक्का त्यहि नाफा बाट प्राप्त सिक्का हो । जुन म राज्यको सिक्काको रुपमा राज्यको कोषमा दाखिल गर्दछु । मेरो विचारमा यसबाट राज्यको किसान ,म र राज्य सबै लाभमा छौ । गुन गुनको कुरा सबैले सुने र बुद्दि मत्ता कुराले सबै खुसि पनि भए । पापु पापुले पनि तातु तातुको कुरा बुझ्यो । बास्तवमा घन्टौँ पोखरीको सौन्दर्य बिगारेर सिक्का खोज्दा पनि अझै सिक्का भेटिएको थिएन ।
सबैले तातु तातुको कुरा मन पराए । राजा गुन गुन पनि राम्रो उत्तराधिकारी पाएको भनेर खुसि भए । हुलाकी कुकू कुकूले जंगलले नया उत्तराधिकारी पाएको खबर सबैलाई सुनाउदै जङ्गल तिर उडेर गए । सबैले तातु तातुलाई स्याबास भने ।
लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।


