bardiyahospital

युवाहरूले गरे वन्यजन्तु जोगाउन रातमा पैदल गस्ती    

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको सामुदायिक वन आसपासको क्षेत्रमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेको पाइएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेको पाइएको हो ।  

 मध्यवर्ती क्षेत्रसँग सिमाना जोडिएको सामुदायिक वन आसपासको क्षेत्रमा वन्यजन्तुको चोरी शिकार र अवैध गतिविधि हुन नदिन युवाहरूले गस्ती गर्दै आएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेना लगायतको टोलीले निकुञ्ज आसपासमा गस्ती गर्दै आएको छ । युवा परिचालन अभियानमा आवद्ध युवाले सामुदायिक वन, मध्यवर्ती क्षेत्र र निकुञ्जमा  कसैले शङ्कास्पद गतिविधि गरेमा निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेको छन् । 

cld

 चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवाका अध्यक्ष गोविन्द्र थारूले खाता करिडोरमा गस्ती गरिएको बताउनु भयो  । ‘ करिडोरको बाटो भएर बाघ, हाती गैँडा आवतजावत गर्ने भएको हुँदा वन्यजन्तुको सुरक्षा र अवैध गतिविधि नहोस् भनेर गस्ती गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘ वन्यजन्तुको गतिविधि बढी हुने मधुवन नगरपालिका वडा नं। १ र २ मा पैदल गस्ती गरिएको हो ।’  वन्यजन्तुको संरक्षण गर्नमा स्थानीयको महत्वपूर्ण योगदान रहँदै आएको छ ।

वन्यजन्तुको गर्दाले पछिल्लो समय बर्दिया विश्व माझ परिचित हुँदै गएको छ । भने चोरी शिकार नियन्त्रण  युवा परिचालन अभियानले गरेको कामको बारेमा अध्ययन गर्न पछिल्लो समयमा विदेशी नागरिकहरू समेत आउन थालेका छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.