
कृष्णसार अनलाइन । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका, १६ बस्ने सिन्धुली कमलामाई नगरपालिका, १४ घर भएकी ऐश्वर्या दाहाललाई प्रहरीले पक्राउ हो ।
ठगी मुद्दामा युएईमा पक्राउ परेकी दाहाललाई बिहीबार नेपाल फिर्ता ल्याएको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेकी दाहाललाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गरेर नेपाल ल्याइएको छ । एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ चैत २१ गते दाहाल विरुद्ध रेड नोटिस जारी भएको थियो ।

दाहाललाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ल प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।


