
दलबहादुर सुनार, बढैयाताल । क्यान्सर रोगबाट पीडित बढैयाताल गाउँपालिका, ८ की रेखा नेपालीलाई लाई देउसी भैलो समूहले आर्थिक सहयोग गरेको छ । क्यान्सर पीडित नेपालीलाई पशुपति बजारका युवाहरूले देउसी भैलो समूहले देउसी भैलो खेलेर संकलन भएको रकम सहयोग गरेको हो ।
प्रायः जस्तो देउसी भैलो खेलेर संकलन भएको रकमले पिकनिक जाने परम्परा छ । तर पशुपति बजारका युवाहरूले भने देउसी भैलोबाट संकलन भएको रकम क्यान्सर पीडित महिला छन् । देउसी भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले पीत थैलीको क्यान्सर भएकी नेपालीलाई दिएर उदाहरणीय काम गरेका छन् । देउसी भैलो समूहले क्यान्सर पीडित नेपालीलाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको वडा सदस्य ममता घर्तीले बताउनु भयो ।

देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारले गाउँका युवाहरू मिलेर देउसी भैली खेली संकलन भएको रकम सहयोग गरिएको जानकारी दिनुभयो ।
सहयोग प्राप्त गरेपछि क्यान्सर पीडित नेपालीका श्रीमान् लालबहादुर नेपालीले देउसी भैलो समूहले गरेको सहयोगले उपचारमा सहयोग पुग्ने बताउनु भयो । र उहाँले आर्थिक सहयोग गर्ने युवालाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो ।


