



कृष्णसार अनलाइन । बर्दियामा सुत्केरी महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका, ३ झुन्डीपुरकी ३१ वर्षीया कल्पना चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
चौधरीलाई पहिलादेखि सिकलसेल र जन्डिसको स्वास्थ्य समस्या रहेको परिवारले जनाएको छ । गर्भवती रहेकी चौधरीको भेरी अस्पताल नेपालगञ्ज, बाँकेमा असोज ६ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बच्चा र आमा सुरक्षित रहेका थिए ।
असोज १६ गते चौधरीलाई श्वासप्रश्वास सम्बन्धी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको थियो । कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि असोज १७ गते काठमाडौं लैजाने क्रममा चौधरीको मृत्यु भएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिशकुमार डिसीले जानकारी दिनुभयो ।

