
कृष्णसार अनलाइन । अश्लिल भिडियो रेकर्ड गरेको कसुरमा बर्दिया जिल्ला अदालतले बढैयाताल –६ , का २२ वर्षीय अविनाश थारूलाई ३ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ मंसिर २३ गतेको इजलासले कसुर ठहर गर्दै ३ महिना कैद सजाय, ३ हजार रुपियाँ जरिवाना, दुई रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कमल घले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय बर्दिया कात्तिक १२ गते बर्दिया जिल्ला अदालतमा अश्लिल भिडियो रेकर्ड गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।


