bardiyahospital

गोहीले बेपत्ता पारेको व्यक्तिको परिवार राहत पाउन बञ्चित

राहत निर्देशिका बन्यो बाधक 

Geruwa GIF

प्रकाश पौडेल,गुलरिया । बर्दियामा गोहीले बेपत्ता पारेको परिवार राहत पाउनबाट बञ्चित भएको छ । राहत निर्देशिका भएको कानुनी जटिलता गर्दा गोहीले बेपत्ता भएका गेरुवा गाउँपालिका, ४ राजीपुरका २२ वर्षीय विवश थारूको परिवार राहत पाउनबाट बञ्चित हुनु परेको हो । 

छोरालाई गोहीले बेपत्ता पारेका पीडा सहन नसकेर बिवशको आमा जलावती थारू अझै पनि शोकमा छिन् । जलावतीलाई छोरा बेपत्ता भएको कुरा सपना हो या विपना भन्ने लाग्छ । २२ वर्षको उमेरमा छोरा गुमाउनु पर्दा संसार नै गुमाए जस्तो लाग्ने गरेको जलावती बताउनु हुन्छ ।  परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा सानै उमेरमा पढाइ छोडेर बिवश ज्याला मजदुरी गर्दै परिवारको पालनपोषण गर्दै आएका थिए । 

cld

कमाउनका लागि भारतको विभिन्न ठाउँ तथा काठमाडौँ, पोखरा, चितवन  जाने  गरेको परिवारले जनाएको छ ।  यस पटक भने बिवश कमाउनका लागि मनाङ गएर साउन १४ गते घर फर्किएको उनले श्रीमती अञ्जली थारूले बताउनु भयो । उहाँले भन्नुभयो , ‘ त्यसदिन हजुर बुवाको भैँसी चराउन जानु भएको थियो, दिउँसो ३ बजे विवशलाई  गोहीले आक्रमण गरेको खबर आयो । सयौँको सङ्ख्यामा जम्मा भएर बिवशको खोजी गरे, तर  फेला पार्न सकिएन ।’

अहिले घरमा सासु बुहारी र अञ्जलीको २ वर्षकी छोरी घरमा छिन् । परिवारमा कमाएर ल्याएर दिने कोही छैन् । जलावतीलाई परिवार चलाउन सकस भएको छ । गोहीले बेपत्ता पारेको छोराको शव नभेटिएकोले कतै छोरा आइहाल्छ भन्ने अझै पनि लाग्ने जलावतीले गरेको जलावती भन्नुहुन्छ । 

‘ घरमा कमाएर ल्याएर परिवार पाल्ने त्यहीँ छोरा थियो । छोरालाई गोहीले बेपत्ता बनायो भन्छन्, मैले आफूले देखेकी छैन् । देख्नेहरुले भनेको सुनेपछि होला भन्ने लाग्छ, तर आफ्नो आँखाले नदेख्दा खोइ …….?’  उहाँले भन्नुभयो,  सम्पतीको नाममा यहीँ घरबास सहितको ३ कठ्ठा जग्गा छ, यो जग्गामा भएको उत्पादनले खान पुग्दैन् । कमाउन जाउँ भने ढाड दुख्ने समस्या छ । बुहारीलाई घरधन्दामा गर्दा ठिक्क हुन्छ । गाउँ घरमा सानोतिनो काम पाएमा सासु बुहारी भएर कमाउन जान्छौ । त्यहीँ पैसाले अलि अलि गुजारा हुने गरेका छौँ ।

वन्यजन्तुले बेपत्ता पारेको परिवारलाई सरकारले १० लाख दिन्छ भन्ने सुनेकी छु, तर बिवश शव फेला नपरेकोले हुँदा कानुनी जटिलता छ भन्दै निकुञ्जले राहत दिन नसकेको जानकारी गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ दुई महिना जति नदीमा खोजी गर्दा पनि छोरा भेटिएन । राहत लिन पोष्टमार्टम रिर्पोट अनिवार्य चाहिन्छ भन्छन् । मैले कहाँबाट पोष्टमार्टम रिर्पोट ल्याउने हो र खै ?’

बर्दियामा अहिलेसम्म वन्यजन्तुको आक्रमणबाट मुत्यु व्यक्तिका परिवारले  १० लाख रुपैयाँ पाए पनि जलावतीको परिवार राहत पाउनबाट बञ्चित हुनु परेको छ । ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ ले वन्यजन्तुको आक्रमण भएको व्यक्तिको परिवारले राहत पाउनका लागि पोष्टमार्टम रिपोर्ट, प्रहरीको मुचुल्का, मृत्युदर्ता, र नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । जलावतीले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण  निर्देशिका २०८०’ व्यवस्था गरे अनुसार पोष्टमार्टम रिर्पोट पेश गर्न नसक्दा राहत पाउनबाट बञ्चित हुनु परेको छ ।

गोहीले विवशलाई आक्रमण गरेको देख्ने गाउँमा केही व्यक्तिहरु छन् । त्यसमध्ये  प्रत्यक्ष देख्ने जनक थारूले त्यस दिन भैँसी फकाउन गएका विवशलाई गोहीले आक्रमण गरेर नदीमा पल्टाएपछि दुई पटक विवशलाई नदी माथी ल्याएको र त्यसपछि विवशलाई आफूले नदेखेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘ गोहीले विवशलाई गोहीले बेपत्ता पारेको देखेपछि होहल्ला गर्यौ । त्यसपछि मान्छेहरु जम्मा भए,  खोजी गर्न निकुञ्ज सहित पुलिस र आर्मी आए सबै आए सबैजना मिलेर खोजी गर्यौ । तर विवशलाई फेला पार्न सकेनौ ।’

गोहीले बेपत्ता पारेको विवशलाई खोज्न निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय करिब दुई महिनासम्म निरन्तर रुपमा मेहनत गरिरहे । तर दुई महिना खोजी गर्दा पनि  फेला नपरेपछि खोजी कार्य रोकियो । निकुञ्जले बिवशको खोजी गर्न हात्ती, राफ्टिङ समेत परिचालन गर्दा समेत फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणी पौडेलले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले असोजमा गोहीले बेपत्ता पारेको बिवशको परिवारलाई राहत निर्देशिका २०८० मा भएका व्यवस्था अनुसार राहत दिन नसकिएको बताए । उनले भने, ‘ परिवारलाई राहत दिनका लागि समस्या भएको जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागमा पत्र पठाएको छौँ ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.